ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Thursday, July 27, 2023

कमजोरी लाई बदलौ अवसरमा

धेरै समय अगाडीको कुरा हो । कुनै गाउँमा एक किसान बस्दथ्यो । उक्त गाउँमा पानीको समस्या रहेकाले प्रत्येक दिन किसानले एउटा लठ्ठीको २ तर्फ २ वटा गाग्री झुन्ड्याएर टाढा बाट पानी ल्याउने गर्दथ्यो । तर एउटा गाग्रीको बिचभागमा सानो प्वाल भएकाले बाटोमा पानी चुहिएर बिगत २ बर्षदेखि घर पुग्दा जम्मा डेढ गाग्री मात्र पानी पुग्थ्यो । यो देखेर प्वाल भएको गाग्री सारै निरास थियो । 

एक दिन उक्त प्वाल भएको गाग्री ले किसान लाई निराश र भावुक  हुँदै भन्यो : तपाइँ येत्रो मेहनत गरेर तेति टाढा बाट पानी ल्याउनु हुन्छ तर मैले मेरो कमजोरीको कारणले जम्मा आधा गाग्री पानी मात्र घर पुर्याउन सक्छु । गाग्री पुनः निराश भयो । यो देखेर किसान ले उक्त गाग्री लाई पानी लिएर फर्किदा बाटोमा देखिने फुलहरु हेर्न सुझाव दियो । भोलीपल्ट फर्किदा प्वाल भएको गाग्रीले बाटाका फुलहरु हेर्दै फर्कियो । गाग्रीको मन हलुको भयो । तर जब घर पुग्यो फेरि आधा गाग्री पानी मात्र पुर्याएकोमा पुन: निराश हुन लाग्यो । 

यो देखेर किसानले गाग्री लाई भन्यो :  तिमिले ध्यान दिएर बाटाका सम्पुर्ण फुलहरु हेर्दै आउनु भनेर सुझायो । किसानले भने अनुरुप गाग्रीले बाटाका सवै फुलहरु हेर्दै आयो । जब घर पुग्यो तब किसान ले गाग्री लाई सम्झाउदै भन्यो कि बाटामा प्वाल भएको गाग्रीतर्फ विभिन्न रङ्ग र सुगन्धका नाना थरीका फुलहरु थिए । तर सग्लो गाग्री तर्फ एउटा पनि फुलहरु थिएनन र उसले भन्यो कि उसलाइ गाग्रीमा प्वाल भएको पहिल्यै थाहा थियो । उसले गाग्रीको कमजोरी लाई शक्तिमा  बदल्ने प्रयत्न गर्यो र पानी चुहिने तर्फ बाटोको किनारमा विभिन्न फुलहरुको बीउ तथा बिरुवाहरु रोप्यो । जसै किसान पानी लिएर फर्कन्थ्यो उक्त गाग्री बाट पानी चुहिएर बीउ तथा बिरुवाहरु सिन्चित हुन्थे र फुलहरु फुल्न थाल्थे । किसानले पुन: सम्झाउदै भन्यो : तिम्रै कारणले आज बाटामा फुलहरु ढकमक्क फुलेका छन र मैले भगवानलाई चढाउन पाएको छु । घर सजाउन पाएको छु । येति भने पछी प्वाल भएको गाग्रीले मन प्रफुल्लित बनाउदै आफ्नो कमजोरीले दिएको योगदान प्रती गर्व महशुस गर्न थाल्यो ।

शिक्षा : हामी सवैको भित्र केही न केही कमजोरीहरु हुन्छन । तर यिनै कमजोरीले हामीलाई अरु भन्दा पृथक तुल्याउछ ।

उक्त किसानको जस्तै जो जस्तो अवस्थामा छ सोही रुपमा स्विकार गर्नु पर्छ न कि तिरस्कार । कमजोरी खोतल्न भन्दा खुबी पत्ता लगाउन तर्फ धान दिनु पर्छ र जब हामी यस्तो गर्छौं तब  "प्वाल परेको गाग्रो सग्लो गाग्रो भन्दा मुल्यवान हुन्छ ।"
Read more ...

घमण्ड र अहंकार को अन्त्य

जङगलमा एउटा गाई चरिरहेको अबस्थामा केहि पर बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाईलाई खानको लागि सोही पोखरीमै पस्यो। पोखरीमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदै गए तर एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाईलाइ भेटाउने अबस्था थिएन ।

सोहि समयमा बाघलाई गाईले सोध्यो तिम्रो कोहि मालिक छन ? बाघले गज्रदै भन्यो म जङ्गलको राजा हुँ मलाइ किन चाहियो मालिक ? अनि गाईले भन्यो त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ? 

त्यस पछि बाघले गाईलाइ भन्यो तिमी पनि त दलदल हिलोमा फसिरहेका छौ ।

यो सुनेर गाईले मुस्कुराउदै भन्यो मेरो मालिक जब साँझपख घरमा आउँछ मलाइ नदेखे पछि मालिक अबश्य मलाइ खोज्दै यहाँ लिन आउछ तर तिमिलाइ कस्ले लान्छ ? 

सांच्चिकै एकैछिनमा मालिक आएर गाईलाई झिकेर घरतिर लैजान्छ बाघ रातभरी पोखरीमा नै रहेको कारण बिहान मृत्यु हुन्छ । 

मान्छेले चाहेर पनि बाघलाई निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाई र मानिस दुबैलाइ खतरा थियो । 

त्यसैले म नै सर्वेसर्वा हुँ र मलाई कसैको सहयोग चाहिदैन भन्नुनै अहंकार र घमण्ड हो त्यसैले घमण्डिहरु सबैलाई चेतना भया बाघको जस्तो हालत हुन नपरोस् ।

Read more ...
Designed By Basanta Subedi