ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Thursday, September 11, 2014

गोल्डेन एंगल

“तिमीले भनेको भन्दा ठिक १५ सेकेन्ड ढिलो त आको हो नि”
“१५ सेकेन्ड रे ! म १ सेकेन्ड पनि कुर्न सक्दिन”
“नसक्दा के हुन्छ ?”
“मेरो राजा ! म तपाईलाई एक सेकेन्ड कुर्दा पनि सास रोकिन्छ ! भन्नुस म के गरौ ?”
“एक पटक सास रोकेर हेर न”
“मतलब मलाइ मर भन्नुभो ?”
“मर्छु ! अहिले नै मर्छु ! तर म हजुर को आखा बाट टाढा जान सक्दिन ! मलाइ हजुर को काख मै मर्ने अनुमति दिनुस”
“लाटी ! मलाइ के सोचेकी ?”
“एउटा पत्रकार ! माया को महत्व नबुझ्ने पत्रकार !”
“त्यसो भए म जाउँ ?”
“मैले समातेको छु र ?”
“तिमीले होइन तिम्रो मन ले समातेको छ काली !”
“मेरो मन तपाइको जिम्मामा छ ! आफ्नो अनुकुल प्रयोग गर्नुस !”
“ओके बाबा ! त्यसो भए कहा जाने ?”
“तपाइको खुसि जहा भन्नुहुन्छ !”
“धुलिखेल ?”
“टाढा हुन्छ ! बेलुका आउन अबेर हुन्छ !”
“कहिँ नजाउ ! यसो गरौँ ! चिडियाखाना जाउँ न तिम्रो साथीहरु को नियास्रो लागेको होला “
“त्यहा मेरो को साथि छ ?”
“छ नि त्यो तार को बार भित्र छन् नि अस्ति तिमीले बदाम दे’कि !”
“?????”
“पुच्छर भाका तपाईका साथि हुन् भनेर पो बदाम खान दे’को”
“नट्टी गर्ल”
“यु नट्टी”
“ओके बाबा ! सेम टु यु”
“ल ल ! भो अब बरु चोभार जाउँ ल ?”
“ओके मेरो राजा”
किर्तिपुर बाट फर्पिंग को बस चढेर चोभार पुग्न बढीमा २० मिनेट ! बस अत्यन्त भिड थियो ! काठमांडू बस्न थालेदेखि नै एउटा मोटरसाइकल को रहर गरेको कहिले नि सकिएन ! सधै को उही समस्या ! जहिले कोठा भाडा तिर्न पैसा नहुने ! हजुर्बा को पाला मा एउटा छाप्रो हालेर यता बसिदे’का भए नि कमसेकम आफ्नो घर त हुन्थ्यो नि ! असत्ति बुढा !
“ल ल ! चोभार झर्नुस”
कन्डक्टर भाइको आवाज ले झसङ्ग भएँ ! भिड मा पेलिएर संजु बस को पछाडी पो पुगीछिन ! म त कल्पना मै पो हराएछु !
मन्जुश्री गुफा मन्जुश्री ओढार जलबिनायक मन्दिर अनि त्यसको वरपर घुमिरहेका परेवा का बथान ! बागमती को हल्का नाक बिझाउने गन्ध अनि रंगी बिरंगी का केटा केटि हरु को भिड बाट निस्केको जात जात को परफ्युम को गन्ध बीच तालमेल नमिलेर अर्कै खाले वाक्क लाग्ने गन्ध बनेको !
“मलाइ त भोक लाग्यो ! केहि खुवाउनु हुन्न ?”
“यता नजिक को होटेल मा केहि छ कि ?”
“एस ! मो:मो !”
बरखी बारे जस्तो सेतो अनि भित्र अलि अलि मासु मिसिएको जस्तो स्वादिलो ! १० ओटा गनौटा डल्ला घाटि हुदै पेट सम्म को यात्रा मा रम्दै थिए !
खल्ती मा रहेको सानो ब्ल्याक एण्ड व्हाइट नोकिया बज्यो !
अफिस बाट रहेछ ! बिबेक जी तपाइँ तत्काल फर्पिंग पुग्नुस त्यहा जरुरि समाचार छ ! बोक्सी काण्ड को ! अरु को भन्दा अगाडी हाम्रो ब्रेकिंग न्युज बन्नु पर्छ !
नाइँ भन्न मिलेन !
“संजु ! म के गरौ”
आवाज आएन ! हिडेर सडक सम्म आइपुग्दै मा एउटा निलो पल्सर हाम्रो अगाडी रोकियो !
“ओ संजु ! तिमि यहा !”
संजुकै कलेज को साथि जेम्स थियो म चिन्दथें !
“घर जाने होइन ? ल हिड म पुर्याइदिन्छु”
संजु फटाफट बाइक को पछाडी बसिन ! पल्सर एकैछिन मा भन्ज्याङ्ग काटेर गाएब भयो !
म बस चढेर फर्पिंग पुगें ! हाकिम ले भनेजस्तै ब्रेकिंग न्युज हाम्रै पहिलो बन्यो ! अनि संजु संग को भेट अन्तिम !
बल्खु बाट पुरानो बस मा उभिएर चोभार सम्म गरेको यात्रा भन्दा चोभार बाट बल्खु हुदै सितापाइला सम्म धनि बाउ को छोरा जेम्स संग को मोटरसाइकल यात्रा अबस्य नै रोमान्चक थियो जुन यात्रा संजु को जिबन को गोल्डेन एंगल बनिदियो ! एउटा श्रमजीबी संग पुराना सिटि बस चढेर जिबन भर हिड्नुपर्ने सम्भाबना लाइ आजैको मिति बाट अन्त्य गरेको घोषणा गर्न १० शब्द को मोबाइल संदेश नै प्रयाप्त हुनेरहेछ !
२०७१/०५/२५ मध्य रात – बिर्तामोड नगरपालिका, झापा, नेपाल !
Read more ...

Wednesday, September 10, 2014

मोबाइल कस्तो चलाउने ?

आजकल प्राय साथि हरु ले सोध्नु हुन्छ मोबाइल कुन किन्दा उपयुक्त हुन्छ होला भनेर ! तसर्थ आज यो लेख मार्फत म कस्तो मोबाइल किन्ने बिषय मा केहि लेख्न जादै छु !
हामीले चलाउने गरेको मोबाइल फोन को इतिहास धेरै लामो छैन ! केहि बर्ष पहिले सम्म एक कल फोन को लागि घन्टौ धाउनु पर्ने र त्यहि पनि भनेको बेला उपलब्ध नहुने थियो तर आज हामि प्राय को हात मा हाते फोन अर्थात मोबाइल को उपलब्धता रहेको छ ! संचार को क्षेत्र मा भएको अत्यन्त द्रुततर बिकाश संगै मोबाइल फोन बिभिन्न रुप र आकार अनि क्षमता अनुसार निर्माण भएका छन् !
नाम तथा ब्रान्ड का कुरा गर्नु पर्दा बजार मा नोकिया, साम्सुङ्, ब्ल्याक्बेरी, एचटिसी, एप्पल को आइफोन का साथसाथै कलर्स, मोटोरोला, एलजी, माइक्रोम्याक्स लागायत दर्जनौ कम्पनि तथा ब्राण्ड का मोबाइल हरु आफ्नो बजेट र आबस्यकता अनुसार किन्न सकिन्छ !
सबै भन्दा पहिले तपाइँ मोबाइल फोन कुन प्रयोजन को लागि बोक्नुहुन्छ, के चलाउनुहुन्छ, तपाइको रुची अनि बजेट अनुसार मोबाइल को छनोट गर्नु पर्दछ ! तपाइँ सामान्यतया कुराकानी गर्न को लागि मात्र मोबाइल बोक्नु पर्छ भने तपाइले खासै अरु सुबिधा नभएको साधारण सेट प्रयोग गर्नु पर्छ ! यसको लागि तपाइले बजार मा बिभिन्न किसिम का साधारण सेट हरु पाउनु हुन्छ ! हामि केहि समय अगाडी सम्म नोकिया का सामान्य सेट हरु प्रयोग गर्दथ्यौ जसमा ब्याट्री ब्याकअप राम्रो हुनु को साथै नेटवर्क राम्रो दिने एक पटक चार्ज गरेसी २/३ दिन सम्म गर्नु नपर्ने जस्ता सकारात्मक कुरा रहने गर्छन तर त्यसमा तपाइँ इन्टरनेट चलाउन ईमेल गर्न चै सक्नुहुन्न केवल फोन उठाउन फोन गर्न तथा मेसेज गर्न मात्र सक्नुहुन्छ ! अब जमाना फेरिएको छ हात मै भएको मोबाइल बाट नेट चलाउदै हामि दुनियाको खबर एकै छिन मा थाहा पाउन सक्ने भएका छौ ! मोबाइल बाटै नेट चलाउन को लागि हामीले साधारण सेट भन्दा माथि रहेर लगानी गर्नु पर्छ ! मतलब अलिक महंगा सेट हरु प्रयोग गर्नुपर्दछ ! र त्यति मात्र नभएर तपाइँ कुन प्रकृति को नेट चलाउनुहुन्छ त्यहि अनुसार सेट खरिद गर्नु पर्छ ! आदि तपाइँ सिम बाट जिपिआरएस प्रविधिमा नेट चलाउनुहुन्छ भने सामान्य तबर का सिम्बियन वा जाभा मोबाइल हरु चलाउन सक्नुहुन्छ !
आजकल प्रयोग मा आउने ३ जि नेटवर्क बाट नेट चलाउन चाहनुहुन्छ भने तपाइले ३ जि नेटवर्क भएकै सेट खरिद गर्नु पर्ने हुन्छ जुन २ जी भन्दा केहि महँगो पर्न जान्छ ! र अझै तपाइँ वाइफाई नेटवर्क मा नेट चलाउनुहुन्छ भने तपाइले त्यसको लागि अझै धेरै लगानी गर्नु पर्दछ ! तर त्यसो भन्दै मा आत्तिहाल्नु पर्दैन आजकल निकै सस्तो मुल्य मा वाइफाई चल्ने स्मार्ट फोन हरु किन्न सकिन्छ !
Read more ...

सिरानीको खाम

हतार हतार घर फर्किदै थिए ! दाइ को सानो छोरा मलाइ निनी भन्दै बोलाउदै आइपुग्यो । उसै संग घर पुगे कता कता थकाइ लागिरहेको थियो तर किन किन केहि खाइहालौ वा केहि गरिहालौ जस्तो लागेकै थिएन ।
“तलाई काली तेरो पारा त ठिक छैन नि के हो ??”
सानो भाइको कुरा सुन्दा म छक्क पर्नु स्वाभाविक थियो म भन्दा निकै सानो भाइ तर ….
“किन मैले के गरे ओइ ?”
“छोरी मान्छे भएर केटा हरु संग मस्किदै हिडेकी रे ”
“अनि ?”
“मैले तपाइको एउटा कुरा थाहा पाए नि ”
“के थाहा पाइस ओइ ?”
“निनी ! तपाइको नाम मा एउटा केटा को चिठ्ठी आ’को थ्यो”
“अनि ? खै त चिठ्ठी ?”
केहि बोलेन सरासर भित्र गएर एउटा खाम र खोलिसकेको चिठ्ठी ल्याएर मेरो हात मा राखिदियो !
“निनी मैले आफै पढेको मात्र हो अरु कसैलाई देखा’को छैन ! सत्य !”
दिनांक: सुक्रबार जेष्ट ६ गते !
“प्रिय सानी ! हुन त म तिम्रो नजर बाट सधै को लागि गिरेको छु ! मलाइ केहि आपत्ति छैन म तिम्रो नजर मा सदैब गिरेर पनि खुसि हुनेछु ! तिमि संग का प्रत्येक भेट अनि सम्झना हरु लाइ सकुशल संगालेर तिमि बाट टाढा हुदैछु ! मलाई यो ठाउ छोडेर काही जान मन त थिएन तर के भयो के जुन दिन तिम्रो न्यानो माया को संघार बाट बाहिर निस्किएँ त्यो दिन त्यो पल नै म मरिसकेको थिएँ तर पनि घिसृदै थिएँ अनवरत तर अब धैर्यता ले आफ्नो सिमा नाघ्न थाल्यो !
हरेक पल जब म आफ्नो काम मा निस्किन्छु आफ्नो बाटो मा निस्किन्छु म जहा पुग्छु त्यो ठाउ तिमि र म पहिले नै गइसकेको ठाउ मात्र पर्छ ! हो अनि मलाइ के हुन्छ होला ! म आफुलाई सम्हाल्न सक्दिन ! म हरेक मोड हरेक पल हरेक चौतारी मा प्रत्येक पटक मर्न सक्दिन ! नसक्ने भएँ ! अनि मैले बाध्य भएर यो ठाउ छाड्ने निष्कर्ष मा पुगें !
म आजै राति को बस बाट बिराटनगर जादै छु !
राम्रो संग बस्नु ! जिबन मा कहिले नि नहार्नु ! मलाइ तिमीले हारेको मन पर्दैन ! सदैब खुसि हुनु !
यो छोटो जिन्दगि मा बिदा मागें ! पृथ्वी गोलो छ ! भाग्य ले जुराएछ भने तिम्रो दर्शन अबस्य गर्न पाउनेछु !”
बिदा !
पत्र मा कुनै औपचारिक सम्बोधन थिएन ! औपचारिक नाम थिएन ! न त खाम को बाहिर कुनै नाम कोरिएको नै थियो ! थियो त केवल मुटु बिझाउने अनगिन्ति सम्झना हरु जसलाई शब्द मा बयान गर्न सकिदैन थियो !
ति शब्द मिश्रीत रहेका छोटा वाक्य ले पूर्ण पत्र लाइ च्यात्न सकिन अझै जतन गरि मिलाएर खाम मा हाले अनि सरक्क सिरानीमुनि घुसारेर आफु त्यहि सिरानी मा ढल्किए ! मलाइ त्यो सिरानी लाइ छोडेर उठ्ने मन भएन किन किन असाध्यै प्यारो लाग्यो !
अगी भर्खर को भोक हरायो केहि खान मन नै लागेन !
समिर ले मोबाइल मा फोन गर्यो २/३ पटक गरिरह्यो मैले उठाउने रहर राखिन !
उसको सामिप्यता लाइ चटक्क छाडेर आफ्नै सहकर्मी समिर संग को जिबन सोचेर उसलाई गरेको अपशब्द जसले गर्दा उसले आज यो सहर छोडेर गयो सिर्फ मेरो खुसि को लागि !
उसले के गरेन मेरो लागि ! दुनिया को हर चिज मेरो लागि अनुकुल बनाउन खोज्यो ! सुन्दर जिबन को खातिर के गरिदिएन ! उसैले खोजिदिएको जागिर को दौरान भेटेको समिर संग को दैनिक भेटघाट ले उसैलाई मन दुखाउन सक्ने अपराधिनी पो भएँ !
कसै संग बोल्ने मन भएन ! ममीलाई मैले अफिश मै खाजा खाएको बेलुका खाना नखाने बताएँ ! जिबन मा पहिलो पटक भोक हराएको अनुभूति संगालें !
रात छिप्पिदो रह्यो ! निन्द्रा ले बिदा मात्र लि’रह्यो ! राति को ११.३० भएछ ! उठें, पानि पिएँ, टिभी खोलें !
टिभी मा आखा परेको मात्र थियो : “काठमांडू बाट बिराटनगर को लागि छुटेको रात्रि सेवाको बस त्रिसुली नदीमा खस्दा बस मा सवार सबै २९ जना बेपत्ता”
मुटु अनायासै चस्कियो ! चिसो भयो म थचक्क भुइँ मा बसेर उसको मोबाइल मा सम्पर्क गरें ! “माफ गर्नुहोला तपाइले सम्पर्क गर्नु भएको मोबाइल को स्विच अफ गरिएको छ” दर्जनौ पटक टेलेकम ले यहि कुरा दोहोर्यायो !
सिरान मुनि हात हालेर अगिको चिट्ठी खोलें : “राम्रो संग बस्नु ! जिबन मा कहिले नि नहार्नु ! मलाइ तिमीले हारेको मन पर्दैन ! सदैब खुसि हुनु ! यो छोटो जिन्दगि मा बिदा मागें ! पृथ्वी गोलो छ ! भाग्य ले जुराएछ भने तिम्रो दर्शन अबस्य गर्न पाउनेछु !”
त्यसपछि के भयो ज्ञान भएन ! ब्युझिदा शिक्षण अस्पताल को बेड मा थिएँ !
२०७१/०५/१८ राति ९.५५ बजे ! बिर्तामोड नगरपालिका, झापा, नेपाल !
Read more ...

मेरो जिबन लाइ तिमीले खालि बनायौ

यो गजल मिति २०६५/०९/१७ मा चापागाउ ललितपुर मा रहदा लेखेको थिए ! डाएरी मै अल्झेको थियो आज सार्बजनिक गर्ने मेसो बनाएको छु ! गजल लाइ बाचन गरि आफ्नो अमुल्य सुझाब अनि माया प्रदान गरिदिनुहुनेछ भन्ने आशा राखेको छु ! मेरो गजल सुरु हुन्छ यसरि :-
मेरो जिबन लाइ तिम्ले खालि बनायौ
माया दिने मन लाइ लौ जाली बनायौ !!
चोखो मन को सधै किन गर्छौ  बखान
प्रेम का शब्द हरु तिम्ले गालि बनायौ !!
हराभरा भइ मैले फुल बन्न खोज्दा
बतास ल्याई भाचिएको डाली बनायौ !!
पवित्र नाता जोडी जुनी बिताउ भन्दा
अर्कैलाई तिम्ले दिलको माली बनायौ !!
शब्दमा भनिदियौ तिम्रै साथ मा बाच्छु
जिबन अर्कैको हालीमुहाली बनायौ !!
Read more ...

तिज पर्ब, मह्त्व अनी बिशेषता !

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ। भनिन्छ आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा-मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर टोल र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।
ब्रतकथा
पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ। यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो। हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गंगातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ। उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ। माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ। साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ। तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे। तब एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो। तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ। तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ। यसबारे म तपाईंँको राय जान्न चाहन्छु।” नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो। श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन। उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ। यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून्। नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो। तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ। तिम्रो दुःखको कुनै ठेगान भएन। अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले।
तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ -’मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो। म विचित्र धर्मसङ्कटमा छु। अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन।’ तिम्री ती सःगिनी अति नै चङ्ख र समझदार थिइन्। उनले तिमीलाई भनिन् – ‘प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ। हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ। दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ। तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर पाउनुहुन्न। मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ।’ अनि तिमीले तिम्री सहेलीले भने झैँ गर्यौ। यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो। उहाँ सोच्न थाल्नुभयो – ‘मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने?’ यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य शुरु गराउनुभयो। यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ। भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ। रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ। तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ।
त्यससमय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर तिमीले भन्यौ – ‘मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु। यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस्। त्यसपछि “तथास्त्” भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ। भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामाग्री नदीमा सेलाई आफ्नी सहेलीसहित व्रतको समापन गर्यौ। त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो। तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो। तिमीले भन्यौ – ‘पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ। मेरो यो तपस्याको एकमात्र उद्देश्य माहादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो। आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु। म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ। अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु। तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो। केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो। भगवान शिवले अझ भन्नुभयो – हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन ब्रत बसेकी थियौ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो। यो ब्रतको महत्व यसकारणले पनि महत्वपूर्ण छ। जसले यो ब्रत निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ। यो ब्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ। हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सथीहरू भन्ने हुन्छ। भगवान शिवले पार्वतीजीलाई भन्नुभयो – यस व्रतलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ।
महत्त्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाइ पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ।
ऋषिपञ्चमी
शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ। उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन तोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ तोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ। वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ। नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो। नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ।
तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन्। उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन्। यसले महिलाहरूलाई सशक्त बनाउँछ। यी कुराहरू तीजको सकरात्मक पक्ष हो।
हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ।
सन्दर्भ श्रोत: विकिपेडिया
Read more ...

Saturday, September 6, 2014

लघुवित्त : नेपालको सन्दर्भमा

लघुवित्त भनेको थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो। लघुवित्त सेवाको धारणा अनुसार न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्‍याउन सकियो भने यसले गरिबीबाट माथि उठ्न सहयोग पुर्‍याउँछ। लघुवित्त सेवाले सर्वसाधारणलाई गरिबीबाट माथि उठाउन सक्ने भए पनि यो आफैंमा गरिबी निवारणको साधन भने होइन। लघुवित्त अन्तर्गत निम्नलिखित वित्तीय सेवा समाविष्ट हुन्छन्ः लघु-कर्जा, लघु-सापटी, लघु-वीमा र लघु वचत। 

लघुवित्त भनेको गरिबहरूलाई कर्जा दिनु, वचत गरिदिनु र अन्य आधारभूत वित्त सेवा उपलब्ध गराउनु हो । लघुवित्त गरिबप्रति लक्षित हुन्छ। गरिबहरूले अनौपचारिक किसिमले वचत गर्दछन् र प्राय: गरी घरेलु जनवार, सुन, गरगहना तथा पैसासँग सजिलै साट्न सकिने वस्तुहरूमा लगानी गर्दछन्। यस्तो अनौपचारिक वचत सधैं लाभदायक नहुन सक्छ किनभने उनीहरूले लगानी गरेका वस्तुहरूलाई आवश्यकता पर्ने बित्तिकै तत्काल नगदमा परिवर्तन सकिने सम्भावना कम हुन्छ भने सुन, गरगहना आदिको बजार मूल्य घटबढ भइरहने, घरपालुवा जनवारहरूलाई रोग लाग्न सक्ने वा आगलागी वा प्राकृतिक प्रकोपका कारण त्यस्ता वस्तुहरू नासिएर जाने सम्भावना भएकाले नोक्सानी बेहोर्नु पर्ने हुन्छ।

नेपालका सन्दर्भमा लघुवित्त

सन् १९५०-१९६० को दशकदेखि सहकारी संस्थाहरूले र सन् १९७०-१९८० को दसकसम्म साधारण बैङ्कहरूले लघुवित्त सेवा प्रदान गर्दै आएका छन्। सन् १९८० मा गरिब तथा महिलाहरूलाई वित्तीय तथा बैङ्किङ सेवाबारे जानकारी दिएर सहयोग गर्ने उद्देश्यले कतिपय परीक्षण परियोजना र अभियानहरू लागु गरिए। तर केही गरिब समूह यसबाट लाभान्वित भए पनि अन्तत: यी सेवाहरू प्रभावकारी हुन सकेनन्।

सन् १९९० को दशकभरि र २००० को दशकका पूर्वार्द्धमा गरिब तथा महिलाप्रति लक्षित वित्तीय सेवा सुदृढ गर्नका लागि सरकारले पाँचवटै विकास क्षेत्रमा गरिब तथा महिलाहरूलाई लघु-कर्जा सेवा उपलब्ध गराउने एक मात्र उद्देश्यले ग्रामीण ढाँचामा आधारित एक एकवटा क्षेत्रीय विकास बैङ्कको स्थापना गर्योल। अन्तत: यी क्षेत्रीय विकास बैङ्कहरूलाई निजीकरण गरेर 'घ' वर्गका वित्तीय संस्थाका रूपमा लाइसेन्स प्रदान गरी लघुवित्त विकास बैङ्कमा रूपान्तरित गरियो।

सन् २००० को दशकको पूर्वार्द्धपछि लगत्तै थुप्रै निजी लघुवित्त गैरसरकारी संस्थाहरू लघुवित्तसम्बन्धी कार्यक्रम लिएर अस्तित्वमा आए। ग्रामीण ढाँचा अन्तर्गत निर्धन उत्थान बैङ्क, Center for Self-help Development (CSD ) जस्ता गैर सरकारी संस्थाहरूले सफलतापूर्वक लघुवित्त कार्यक्रम लागु गरे र ती पछि गएर लघुवित्त विकास बैङ्कका रूपमा रूपान्तरित भए। त्यसैगरी अरु लघुवित्त विकास बैङ्कहरू, छिमेक विकास बैङ्क लिमिटेड (CBB), Deprosc Bikas Bank (DBB) र Nerude Microfinance Development Bank Ltd. (NMDB) को स्थापना गरियो।

सन् २००० को दशकको पूर्वार्धमै थोक कर्जा प्रवाह गर्ने संस्थाहरूको पनि स्थापना गरिएको थियो। सन् १९९१ मा नेपाल राष्ट्र बैङ्कले गैरसरकारी संस्था तथा सहकारीहरूलाई आर्थिक सहयोग गर्नका लागि Rural Self-Reliance Fund (RSRF) को स्थापना गर्यो१। Rural Microfinance Development Center (RMDC) सरकारी-निजी साझेदारी कार्यक्रम अन्तर्गत सन् १९९८ मा स्थापना भएको एउटा त्यस्तै थोक लगानी गर्ने संस्था हो। यसमा नेपाल राष्ट्र बैङ्कको २६% सेयर रहेको छ भने बाँकी सेयर विभिन्न १३ वटा वाणिज्य बैङ्कहरूको रहेको छ। साना किसान सहकारी लिमिटेड लगानी गर्ने उद्देश्यले सन् २००१ मा साना किसान विकास बैङ्क लिमिटेडको स्थापना भएको हो। त्यसैगरी देशभरिका सहकारी संस्थाहरूलाई सहयोग गर्ने र आर्थिक लगानी गर्ने उद्देश्यले सन् २००३ मा National Cooperative Development Bank (NCDB) को स्थापना गरिएको थियो।देशको केन्द्रीय बैङ्कका रूपमा रहेको नेपाल राष्ट्र बैङ्कले लघुवित्त विकास बैङ्कहरू र Financial Intermediary NGOs (FINGOs) लाई नियन्त्रित गर्दछ भने साना किसान सहकारी लिमिटेड तथा वचत तथा ऋण सहकारी संस्थाहरू सहकारी ऐनद्वारा निर्देशित हुन्छन्।

देशका सबै खाले लघुवित्त सेवा प्रदायकहरूले MFDBs, FINGOs, SFCL, and SACCOs द्वारा नियन्त्रित Microfinance Institutions (MFIs) का रूपमा कार्य गर्दछन्।

निर्धन उत्थान बैङ्क लिमिटेड, छिमेक विकास बैङ्क लिमिटेड र स्वावलम्बन विकास बैङ्क देशकै प्रमुख तीनवटा लघुवित्त संस्थाहरू हुन्।

लघुवित्त संस्थाहरूले प्राप्त गर्ने कुल कर्जामध्ये क्षेत्रीय सरकारी विकास बैङ्कहरूले एक चौथाइ रकम उपलब्ध गराउँछन्। लघुवित्त विकास बैङ्कहरूले लगभग ५०% ऋणीहरूलाई कर्जा उपलब्ध गराउँछन् भने बाँकी ऋणीहरूले वित्तीय गैरसरकारी संस्था तथा सहकारी संस्थाहरूबाट कर्जा प्राप्त गर्दछन्।

२०७१ भदौ २१, शनिवार

Read more ...
Designed By Basanta Subedi