ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Saturday, October 25, 2008

आवश्यकता क्रान्तिको छ कम्मर कस साथी


आवश्यकता क्रान्तिको छ कम्मर कस साथी

विद्रोहको महाजालमा अब फस साथी ।।


शोषण र अत्याचारको घेरा फुटाउनु छ 

विदेश हैन स्वदेशमै क्रान्ति गर्न बस साथी ।।


सहने त कति हो र अत्याचारको खेल

जरोे किलो उखेल्न लाई अव घुँडा धस साथी ।।


धमिराको ठुलो गोलो नष्ट पार्नु पर्दा

सबैभन्दा प्रिय हुन्छ विद्रोहको रस साथी ।।


पौरखिको पौरखलाई माटोमुनि मिलाउनेलाई

शेषनाग हजार जिब्रे बनि डस साथी ।।


मौकालाई चुकाँउदा फाईदा हुने छैन अव 

सञ्तानले नि अब हाम्लाई दिने छैनन् जस साथी ।।


गिद्घे भुँडि हल्लाउने शोषक यो जनावरलाई

टाउको पुरै रन्थन्याउने बन्नुपर्छ नस साथी ।।


आँसुभित्र डुबुल्कि यो खेलिराको परिवेश

आँखा भन्दा अगाडि नै मुटु चस चस साथी ।।


अशान्ति र हिंसाले यो जलिराको जिवन

शान्तिलाई काँधमा बोकि अब भित्र पस साथी ।।


२०६५ कार्तिक ९, शनिवार


Read more ...
Designed By Basanta Subedi