ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Saturday, February 21, 2015

कृषि मा रमाएकी एउटी नायिका

बसन्त सुबेदी
मिति २०७१/११/०९  शनिबार

कुनै समय कि चर्चित नायिका बिनिता बराल पछिल्लो समय कृषि मा आबद्ध भएकी चर्चा चल्न थालेको धेरै भयो ! चपली हाइट बाट नेपाली सिनेमा जगत मा चपली गर्ल नाम कमाएकी बिनिता ले  साना म्युजिक भिडियो हरु मा पनि खेलेकी छिन ! नेपालि सिने जगत मा नयाँ प्रयोग भएको सिनेमा खेलेर आफ्नो नाम लाइ माथि पुर्याएकी उनी बिनिता बराल समग्र युबा हरु लाइ कृषि मा समर्पित हुने संदेश सहित कृषि क्षेत्र मा प्रवेश गर्नु नेपाली कृषि क्रान्ति नै हुन सक्छ ! कृषि लाइ सदुपयोग गर्न नसकिरहेको अवस्था मा एउटी नाम चलेकी नायिका यो क्षेत्र मा चम्किनु निश्चय नै शुखद बिषयबस्तु हो !
"कृषिलाई सम्मानित पेशा बनाउने अभियानमा लागि परेको बताउने बरालले हाल काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छन् भने काठमाडौंकै लाजिम्पाटमा बिनिदि अर्गानिक पसल समेत सञ्चालनमा ल्याएकी" भनेर विभिन्न अनलाइन पत्रिका हरु ले लेखेका छन् !
हामीले सानै देखि पढ्दै आएका छौं नेपाल कृषिप्रधान देश हो ! अहिले हामि ठुला भयौ आफै जिबन चलाउनु पर्ने /सक्ने भयौ तर अझै पनि यहि नारा मात्र सिमित छ ' नेपाल कृषिप्रधान देश हो' ! अनि लाखौ को संख्या मा बेरोजगार जनशक्ति हरेक दिन बिदेसिएको देखेका छौं ! आखिर सम्भाबना नभएको होइन जति पनि सम्भाबना छन् आफ्नै ठाउ आफ्नै गाउ अनि आफ्नै जमिन मा तर आज गाउ का बस्ति हरु उजाडिएका छन् खेत हरु बाझिएका छन् अनि लाखौ युवाशक्ति हरु भने अरब लगायत खाडी मुलुक मा पसिना बगाउदै रगत सुकाउदै छन् !
रंगिन अनि लोभ लाग्दो जिन्दगि भएकी एउटी हट्ठी केटि माटो संग लडिबुडी गर्न तयार हुनु सकारात्मक अबस्य हो ! हाम्रो सोच यस्तै छ कृषि कार्य घृणित हुन्छ फोहोर धुलो मैलो मा काम गर्नु पर्छ ! तर ध्यान दिएर हेरौ त यिनै सुन्दर नायिका ले कृषि त्यसमा पनि अर्गानिक खेति गरेकी छिन अनि अभिनय लाइ पनि उत्तिकै साथ लिएकी छिन ! के यो चानचुने हुन सक्ला र ? तर खाली आबस्यकता छ सकारात्मक सोच को अनि केहि गर्छु भन्ने दृढ बिस्वास को !
हुन त शुक्ष्म रुपले हेर्दा युवा शक्ति विदेश पलायन हुनु र कृषि लाइ बढावा दिन नसक्नु राज्य कै कमजोरी भित्र पर्दछ ! सिमित मात्रा मा अवसर अनि बजारीकरण को सुबिधा पाउने बाहेक अरु का समस्या झन् बिकराल छ ! न समय मा मल बिउ बिजन पाइन्छ न सिंचाई को सुबिधा छ न सरकारी संयन्त्र ले नै साथ् र सहयोग जुटाउन सकेको नै छ ! बल्ल बल्ल मेहनत गरेर फलाएको कृषि उपज मा कृषक ले भन्दा बिचौलिया ले मन लाग्दी गरेका छन् न कृषक ले सहि मूल्य पाउछन न उपभोक्ता ले सहि दाम मा किनेर खान नै पाउछन !

र पनि पछिल्लो चरण मा सरकार ले कृषि क्षेत्र मा सानै भएपनि सहयोग हरु प्रदान गर्न थालेको छ अनि कति युवा हरु पनि संगठित वा व्यक्तिगत रुप मा कृषि मा लागेका छन् ! यसलाई बढावा दिन बिनिता जस्ती सार्बजनिक अनुहारसमेत लागेको सुन्न पाउदा साच्चै भन्नु पर्दा मेरो नेपालि छाती गर्ब ले फुलेको छ सिर ठाडो भएको छ ! यसको लागि बिनिता बराल जस्ता युवा हरु प्रति शुभकामना सधै रहिरहनेछ ! साथ मा कृषि क्षेत्र संगै सम्बन्धित रहेर बिनिता बाराल ले लेख्दै गरेकी उपन्यास 'जुइनो' चाडै बजार मा आओस अनि सफल पनि बनोस ! मेरो तर्फ बाट सुभकामना सुन्दरी नायिका बिनिता लाइ !

-बिर्तामोड, झापा !
Read more ...

Thursday, February 19, 2015

Tuesday, February 17, 2015

महाशिवरात्री : भ्रम कि धर्म

मिति :-२०७१/११/०४ शिवरात्री मंगलबार

महाशिवरात्रि हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ! फाल्गुन कृष्ण चतुर्दशीमा शिवरात्रि पर्व मनाईन्छ। मानिन्छ, सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए । प्रलयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन्।
महाशिवरात्रिसँग संबधित थुप्रै पौराणिक कथाहरू छन्।
एक पल्ट पार्वतीजीले भगवान् शिवशङ्करसँग सोधिन्, 'यस्तो कुन चाही श्रेष्ठ तथा सरल व्रत-पूजन छ, जसबाट मृत्युलोकका प्राणीले तपाईको कृपा सजिलै प्राप्त गर्दछन ?' उत्तरमा शिवजीले पार्वतीलाई 'शिवरात्रि'को व्रतको विधान बताएर यो कथा सुनाए- 'एउटा गाँउमा एक शिकारी बस्तथ्यो। पशुहरूको हत्या गरेर ऊ आफ्ना कुटुम्बको पाकनपोषण गर्थ्यो। ऊ एउटा साहूको ऋणी थियो, ऋण चुक्ता गर्ने प्रयास गर्दा पनि उसके त्यो ऋण चुकाउन सकेको थिएन। भाला नाघेपछि एक दिन क्रोधित साहूले शिकारीलाई शिवमठमा बन्दी बनायो । संयोगले त्यो दिन शिवरात्रि थियो।'

शिकारी ध्यानमग्न भएर शिवसम्बन्धी धार्मिक कुराहरू सुनिरह्यो। चतुर्दशीमा उसले शिवरात्रि व्रतको कथा पनि सुन्यो। कथा श्रवणलो प्रभावले साँझपख साहूमा दयाभाव उत्पन्न भयो र उसले शिकारीलाई आफू नजीकै बोलाएर ऋण चुकाउने विषयमा कुरा गर्यो, शिकारीले भोलि पल्ट सारा ऋण चुज्ता गर्ने वचन दिएर बन्धनबाट छट्यो। आफ्नो सधैंको दिनचर्यासरह ऊ शिकारका लागि जङ्गल तर्फ गयो। ऊ दिनभर बन्दी गृहमा रहेका कारण भोकप्यासबाट व्याकुल थियो। एउटा तलाउको किनारमा बेलको रुख थियो, शिकारी शिकार गर्ने सिलसिलामा त्यसै रूखमाथि चढ्यो। बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, विल्वपत्रहरूबाट ढाकिएको हुनाले शिकारीले त्यस कुराको पत्तो पाएन।

रुखमा चढ्ने क्रममा उसका खुट्टाले जुनजुन हाँगामा टेकियो, ती हाँगा भाँचिदै गए र संयोगले ती हाँगा रुखमुनि स्थापित शिवलिङ्गमा झरे। यसरी दिनभरि भोकै-प्यासै बस्नाले शिकारीको व्रत पनि पूर्ण भयो। एक पहर रात बिते पछि एउटी गर्भिणी मृग पोखरीमा पानी खान आइपुगी । शिकारीले धनुषमा बाण चढाएर प्रत्यञ्चा तान्नासाथ मृगीले भनी, 'म गर्भिणी छु। छिट्टै नै सुत्केरी हुनेछु। यतिबेला मेरो बध गर्दा तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन। म बच्चा जन्मिउञ्जेल जीवनदानको याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमीसमक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो बध गर्नु!' शिकारीले प्रत्यञ्चा क्जुकुलो बनायो र त्यस मृगिणीलाई मुक्त बनायो।

केही बेरपछि एउटा अर्को पोथीमृग पुनः तालाउमा देखा पर्यो। शिकारीको प्रसन्नताको ठेगान भएन। नजीकै आएपछि उसले धनुषमा बाण चढायो। तब उसलाई बाण हान्न ठिक्क परेको देखेर मृगले विनम्रतापूर्वक निवेदन गरी, 'हे शिकारी! म केही समय पहिले ऋतुबाट निवृत्त भएकी छु। यत्तिबेला कामातुर र विरहिणी हुँदै आफ्नो प्रियको खोजीमा भौंतारिदै छु। म आफ्नो पतिसँग भेट गरी समागम गरी कामनिवृत्त भएर चाँडै तिम्रा नजीक आउने छु।' शिकारीले उसलाई पनि छाड्यो। दुईदुई पटक शिकारलाई गुमाएर उसको टाउको रन्कियो। उ चिंतामा डुब्यो। रातको अन्तिम पहर बित्यो। त्यसवेला एउटी अर्की मृगिणी आफ्ना बच्चाहरूसँगै त्यही ठाउँमा आइपुगी। शिकारीका लागि यो स्वर्णिम अवसर थियो। उसले धनुषमा बाण चढाउन ढिलो गरेन । उसले अस्त्र प्रयोग गर्नै आँटेको मात्र के थियो, त्यस मृगले पनि अनुरोध गरी, 'हे शिकारी!' म यी बच्चाहरूलाई यिनका पिताको जिम्मा लगाएर फर्की आउने छु, त्यसैले अहिले मलाई नमार। शिकारी हाँस्यो र भन्न थाल्यो, आँफू अगाडि आएको शिकारलाई म कसरी छाडौं, म मूर्ख त हैन नि! यसभन्दा पहिले नै मैले दुईपल्ट आफ्नो शिकार गुमाइसकेको छु। मेरा बच्चाहरू भोक र प्यासले घरमा छटपटिंदै होलान् म चाँहि हातमा आएको शिकार त्याग्दै बस्दै गरेको छु। उत्तरमा मृगिणीले फेरि पनि अनुरोधात्मक स्वरमा भनी, तिमीलाई जसरी आफ्ना बालबच्चाको ममताले सताउँदै छ, ठीक त्य्स्तै अवस्था हो मेरो पनि। त्यसैले केवल बालबच्चाका निमित्त केही बेरका लागि जीवनदानको याचना गर्दछु। हे मनुष्य! मेरो विश्वास गर, म यिनलाई यिनका पिताका जिम्मा लगाएर तुरुन्त फर्कने प्रतिज्ञा गर्दछु। मृगको दीनवचन सुनेर शिकारीलाई त्यसमाथि पनि दया पलायो। उसले त्यो शिकार पनि त्याग गर्यो।

शिकारको अभावमा बेलवृक्षमा बसेको शिकारी दिक्क मान्दै बेलपत्र चुँड्दै फ्याल्दै गर्न थाल्यो। अब उज्यालोका किरण पूर्वीय क्षितिजमा देखिन थाले, त्यति बेला एउटा हृष्टपुष्ट मृग त्यसै पोखरीको किनारमा आइपुग्यो। शिकारीले यसको शिकार चाँहि अवश्य गर्नुपर्ने विचार गर्यो। शिकारीले हाना ठिका बनाएको प्रत्यञ्चा देखेर मृगले विनीत स्वरमा अनुरोध गर्यो, हे शिकारी भाइ! यदि तिमीले मभन्दा पूर्व आएका तीनवटा पोथीमृग र ससाना बच्चालाई मारेका छौ भने मलाई पनि मार, यस पुनीत कार्यमा विलम्ब नगर, किनकि मलाई तिनीहरूको वियोगमा एक क्षण पनि बाँच्न रहर छैन। म ती मृगिणीहरूको पति हूँ। यदि तिमीले तिनलाई जीवनदान दिएका छौ भने मलाई पनि केही क्षणका निमित्त जीवन दिने कृपा गर। म तिनीहरूसँग भेट गरी तिम्रासामु उपस्थित हुनेछु। मृगका कुरा सुनेपछि शिकारीसम्मुख पूरा रातको घटनाचक्र घूम्यो, उसले सारा कथा मृगलाई सुनायो। तब मृगले भन्यो, 'मेरी तीनवटै पत्नी जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युले तिनीहरूले आफ्नो वचनको पालना गर्न पाउने छैनन्, किनकि मेरो अनुपस्थितिम तिनीहरूको कार्यसम्पन्न हुनेछैन। अतः जसरी तिमीले उनलाई विश्वासपात्र मानेर छाडेका छौ, त्यसैगरी मलाई पनि जानदेऊ। म उनीहरू सबैलाई साथमा लिएर तिम्रा अगाडि शीघ्र नै उपस्थित हुन्छु।' जानीनजानी उपवास, रात्रि-जागरण तथा शिवलिङ्गमा बेलपत्र चढाएका कारण शिकारीको हिंसक हृदय निर्मल भएको थियो। उनमा भगवद्शक्तिले निवास गरेको थियो। धनुष तथा बाण उनको हातबाटा सहजै छूट्न पुग्यो। भगवान् शिवको अनुकम्पाले उसको हिंस्रक हृदय कारुणिक भाव विभोर भयो। त्यसले आफ्ना अतीतका कर्मलाई सम्झना गरी आँफू पश्चातापको ज्वालामा बल्न लाग्यो। केहीबेरपछि त्यो मृग सपरिवार शिकारीसमक्ष उपस्थित भयो। जंगली पशुहरूको यस्तो सत्यता, सात्विकता एवं सामूहिक प्रेमभावना देखेर शिकारीलाई ठूलो ग्लानि भयो। उसका आँखाबाट आंसुको वर्षा हुन थाल्यो। उसले मृग परिवारलाई नमारेर आफ्नो कठोर हृदयलाई जीव हिंसाबाट हटाई सदाका लागि कोमल एवं दयालु बन्यो। देवलोकबाट समस्त देव समाज पनि यस घटनालाई नियाल्दै थिए। घटना परिणतिमा पुग्नासाथ देवीदेवताले पुष्पवर्षा गरे। शिकारी तथा मृगपरिवारलाई मोक्ष प्राप्ति भयो'।
यस दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन। शिवलिंगमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ ।

यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्री शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ। ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ।

विधि

    यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।
    राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ।
    व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ-

    ॥शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्। आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम्॥

विशेष

चतुर्दशी तिथिका स्वामी शिव हुन्। अत: ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्रि प्रत्येक महीनाको चतुर्दशीका दिन पर्दछ। तर फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रीमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो। ज्योतिषीय गणनाअनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ। शिवको अर्थ हो कल्याण। शिव सबैको कल्याण गर्ने देवता हुन्। अत: महाशिवरात्रिमा सरल उपाय गर्दा मत्र पनि इच्छित सुखको प्राप्ति हुन्छ।

ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चंद्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चंद्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चंद्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ । जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चंद्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चंद्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय तिथि हो। अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि-अनादि हुन। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापन अर्यात सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ।

बिल्वपत्र चढाउने मंत्रः- नमो बिल्ल्मिने च कवचिने च नमो वर्म्मिणे च वरूथिने च नमः श्रुताय च श्रुतसेनाय च नमो दुन्दुब्भ्याय चा हनन्न्याय च नमो घृश्णवे॥ दर्शनं बिल्वपत्रस्य स्पर्शनम्‌ पापनाशनम्‌। अघोर पाप संहारं बिल्व पत्रं शिवार्पणम्‌॥ त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं च त्रिधायुधम्‌। त्रिजन्मपापसंहारं बिल्वपत्रं शिवार्पणम्‌॥ अखण्डै बिल्वपत्रैश्च पूजये शिव शंकरम्‌। कोटिकन्या महादानं बिल्व पत्रं शिवार्पणम्‌॥ गृहाण बिल्व पत्राणि सपुश्पाणि महेश्वर। सुगन्धीनि भवानीश शिवत्वंकुसुमप्रिय।

यो लेखलाइ नेपालि विकिपेडिया बाट साभार गरिएको हो !

Read more ...

उल्झन : तिम्रा खातिर

मिति: २०७१/११/०५ मंगलबार को बिहान 00:०२

हावा को झोक्का संगै
तिम्रो नाम बोकेर
जब प्रकृतिले
म भित्र केहि पठाउछिन्
सोच्न नसक्ने दिमाग र नधड्किने चिसो मुटु जस्तै
अझै कठोर
अझै बिचलित
अझै ताप  !!!

तर अझै पनि
जब याद हरु बल्झिएर आइदिन्छन
मन को बाटो बाट सुटुक्क
तिमि संग संगै !!!

बिचलित मन
बढो तन्मय का साथ
तिम्रो प्रतीक्षा गर्छ
स्पर्श को आभाष गर्छ
अनि सुटुक्क बसाई सर्छ
तिमि तिरै !!

प्रत्येक स्वाश प्रत्येक प्रस्वाश अनि
प्रत्येक उल्झन मा तिमि आइदिन्छौ
र त बाच्नु मा गर्ब छ
याद बोकेर !!!

सदा सदा भौतारिएर !!!!

बिर्तामोड , झापा !!

Read more ...

Saturday, February 7, 2015

'भ्यालेन्टाइन डे' र तिम्रो सम्झना !

-बसन्त सुबेदी 
प्रकाशित  -२०७१/१०/२४ -शनिबार
फोटो: गुगल
साच्चै नै संसार परिवर्तन भएकै हो जस्तो लाग्दो हो सायद हाम्रा बुबा हरुलाई ! हामि भन्दा अगाडी का पुस्ता लाइ ! त्यति बेला न कुनै भ्यालेन्टाइन डे थियो न प्रेम दिबस ! हेर्नुस त आजका हामि कति भाग्यमानि ! प्रेम गर्न नि दिन छुट्याई छुट्याई ! 'दिबस' 'डे' के के हो हो !!
Read more ...

पहिचान हराएको मुलुक

फोटो: गुगल
मिति: २०७१/१०/२४ शनिबार !
नेपालि हामि रहुला कहाँ नेपालै नरहे ......
एउटा घरमा चार भाई थिए - बाबुको मृत्युपछी सबैले घरको नेतृत्व आफुले गर्न पाउनुपर्ने भनेर झगडा गर्न लागे | कुनै एकलाई दिँदा आफु कमजोर हुने देखेर अर्को कुनै एकलाई छोड्न नै चाहेनन् | मिलेर आ-आफ्नो भाग बाँडेर लिन पनि मानेनन् | दैनिक हुने कलहले उनीहरूको परिवार समेत विचलित हुन पुगे र आर्थिक रुपमा पनि अत्यन्त नाजुक अबस्थामा पुगेपछि घर बेच्नु पर्ने अवस्था सिर्जना भयो | आखिर उनीहरूले घर छिमेकीलाई बेच्न पुगे र अचेल उनीहरूका परिवार त्यहि छिमेकीको घरमा काम गर्दैछन् |

-बिर्तामोड , झापा !
Read more ...

Saturday, January 31, 2015

बेस्याबृत्ति रहर कि बाध्यता ??

मिति: २०७१/१० /१७ शनिबार

समाज परिवर्तन संगै सामाजिक तथा ब्यबहारिक सन्दर्भ हरु परिबर्तन भइरहेका हुन्छन ! साथै मान्छेका असिमित चाहना हरु पनि बढिरहेका हुन्छन ! हरेक दिन बढ्दो महंगी र नयाँ सामाजिक सम्बन्ध हरु कायम राख्न तथा दैनिक ब्यबहार हरु चलाइराख्न पनि मानिस लाइ सधै आर्थिक समस्या श्रीजना भइरहेका हुन्छन ! बढ्दो प्रतिस्पर्धा बेरोजगारी समस्या अनि देश को राजनैतिक अबस्था ले गर्दा बसाइसराइ मा भएको उल्लेख्य फेरबदल ले गर्दा जनसंख्या को चाप बढ्नु पनि आजको समाज को मुख्य चुनौती हुन गएको छ ! आधुनिकीकरण मा खुलेर जम्न नसक्नु अनि शहर मुखी सोच आधुनिक जिबनशैली को चाहना ले मान्छेका आबस्यकता हरु लाइ झनै असिमित बनाइदिएको छ ! आफ्नो कर्तब्य एकातिर होला अर्को तिर पश्चिमा शैली को लोभी जिबनशैली ले कतिपय सबाल मा झनै सामाजिक अस्थिरता बढाई दिएको छ ! यिनै सामाजिक चर हरुमा अहिले को समाज ले भोगिरहेको मुख्य समस्या को रुप मा बेस्याबृत्ति मौलाइरहेको कुरा लाइ पनि नकार्न सकिदैन !
बेस्याबृत्ति लाइ समाज को खराब चर को रुपमा व्याख्या गर्ने गरिएको छ नेपालि समाज मा ! हुन त बेस्याबृत्ति को रुप मा ब्यबसायिक भूमिका निर्माण गर्ने काम मा महिला हरु लाइ मात्र हेर्ने गरिएको छ ! एक त पितृ सतात्मक समाज त्यसकै आडमा बेस्याबृत्ति महिला को मात्र पेवा को रुप मा व्याखा गरिएको होला तर यस काम मा पुरुष हरु पनि उत्तिकै लागेका हुन्छन भन्दा खासै गल्ति नहोला ! यौन प्राकृतिक कुरा हो त्यसैले पनि यसले महिला पुरुष भनेर छुट्याउन सक्दैन सबैलाई यौन उत्तिकै प्यारो लाग्छ ! ढिलो बिबाह गर्ने परिपार्टी बस्नु, स्वतन्त्रता को खोजि हुनु, बिबाह पछी पनि रोजगारी लगाएत का समस्या हरु का कारण छुट्टिएर बस्नु जस्ता कारण ले बिबाह अघि को यौन अनि बिबाह पछी को बिबाहेत्तर सम्बन्ध संगै यौन स्वतन्त्रता को बहस गरिने पश्चिमी प्रचारमुखी जिबनशैली ले गर्दा  पनि समाज मा ब्यबसायिक यौन ले समेत प्रधानता पाउदै गएको अनुभूति हुन्छ ! हुन त आधुनिक जिबनशैली लाइ मात्र दोष दिनु त्यति उपयुक्त नहोला किनकि हामीले हिजो का कुरा पनि पढेका छौ समाज बन्द होस् या खुल्ला त्यहा अबैधानिक यौन ले अबस्य ठाउ बनाएकै हुन्छ !
ब्यबसायिक यौन का कुरा गर्दा पनि त्यसमा संस्थागत तथा व्यक्तिगत संलग्नता हरु देखिन्छ ! हाम्रो देश को कानुन ले बेस्याबृत्ति लाइ कानुनि मान्यता नदिएकाले संस्थागत ब्यबसायिक यौन ले खुलेर बढ्न त सक्दैन तर पनि विभिन्न होटेल रेस्टुराँ डान्सबार तथा मसाज पार्लर को नाम मा हुने खुलेआम ब्यबसायिक यौन लाइ कानुन ले जति नै बन्देज गर्न खोजे पनि पूर्णत रोक्न सकेको छैन बरु समय परिबर्तन संगै यस्तो ब्यबसाय ले फस्टाउने अवसर पाउदै गएको छ ! बेला बेला मा आउने गरेका समाचार हरु ले यसको भयाबह आकडा हरु प्रस्तुत गर्ने गरेको छ ! यसरि हुने संस्थागत ब्यबसायिक यौन मा महिला यौनकर्मी हरु को उल्लेख्यता पाइन्छ ! संसार का बिकसित देश हरु मा यौन किन्नु सामान्य हुदै गएको अबस्था मा नेपालि सन्दर्भ पनि त्यहि हुनु अनौठो कुरा रहेन ! फरक यति छ संसार मा यौन को किनबेच महिला पुरुष दुबैले गर्दछन नेपाल मा यौन किन्ने महिला हरु अत्यन्त निम्न रुप मा पाइन्छ भने पुरुष हरु उल्लेख्य ! कतिपय धनाढ्य तथा नबधनाढ्य नेपालि महिला हरु यौन किन्न थालेका उदाहरण हरु बेला बेला पत्रपत्रिका हरु ले लेख्दै आएका छन् !
यौन ब्यबसाय मा लागेका महिला हुन् या पुरुष सबैले आफुलाई बाध्यता परेर यस्तो काम मा फसेको भन्ने गर्दछन ! अझै आजकल विभिन्न संघ संस्था हरु ले पनि अबैधानिक यौन को विपक्ष मा कार्यक्रम चलाउने अनि रहर वा बाध्यता ले यस पेशा मा होमिएका हरु लाइ यसबाट छुटकारा दिलाउने कोशिस गर्ने अन्य क्षेत्र मा पुनर्स्थापना गराउने गरेका छन् ! अनि यसै पेशा मा रमाउने हरु का लागि सुरक्षित यौन ब्यबहार का विभिन्न तालिम तथा गोष्ठी हरु पनि संचालन गर्दछन र पनि यस पेशा मा होमिने हरु को संख्या मा ज्यामितीय हिसाब ले बढोत्तरी भएको आकडा हरु सार्बजनिक भइरहेका छन् ! आखिर बेस्याबृत्ति रहर हो या बाध्यता ? यसको उत्तर उनै यौन कर्मी महिला तथा पुरुष हरुलाई पनि थाहा छैन !

बिर्तामोड, झापा !
Read more ...

Sunday, January 25, 2015

मनोरंजन को क्षेत्र मा लागेका महिला का बिषय मा प्रस्तुत उपन्यास "छोरी"

मैले तपाइको ई-मेल मा एउटा उपन्यास को ड्राफ्ट पठाएको छु हेरिदिनुस न ल ! आग्रह संगै मेरो मेल बक्स मा नोटिफिकेसन आयो 1 unread mail भनेर ! खोलेर हेरें ! शिर्षक थियो “छोरी” ! कथा थियो : मनोरंजन [डान्स, रेस्टुरेन्ट, मसाज पार्लर] को क्षेत्र मा लागेका महिला तथा बालिका हरु को पिडा अनि शोषण को बिषय मा ! सरसर्ती हेर्दा सम्झिएँ आजकल को चल्ती को बिषय न हो ! अरु बिषय भन्दा बिकाउ !  सजिलै अरु को वाहा ! वाहा !! कमाउन सकिने चल्ती को बिषय ! मानबिय समबेदनालाई प्रयोग गरेर आफु माथि उठ्न खोज्ने हरु जसले आफु वरपर अनि आफ्नो कर्तब्य क्षेत्र लाइ कुल्चिएर समाज अनि परिबर्तन को धज्जी उडाउदछन, आफु समाज प्रति कर्तब्यनिस्टभएको देखाउन खोज्छन, परिबर्तन का नारा खोक्दछन, समानता को वकालत गर्दछन तर तिनै मानिस हरु ले आफ्नो ब्यबहार मा नजिक भएका हरुलाई रुवाउछन ! हो तिनै व्यक्ति ले गर्ने नाम मात्र का अनुसन्धान अनि अध्ययन ! अझै कतिपय को राम्रो कमाउ को बाटो !!
आजको ड्राफ्ट फरक भेटियो ! अनुरोधक लेखक हुनु हुन्छ समाजसेवी हिरा दाहाल ! वहाँ बिगत लामो समय देखि सामाजिक चेतना अभिबृद्धि मा लाग्नुभएको छ अनि बिभिन्न संघ-सस्थाहरुमा  कार्यरत हुनुहुन्छ ! बिशेष गरि महिला का कथा ब्यथा हरु लाइ नजिक बाट हेर्दै त्यस बाट उत्पन्न समस्या को पहिचान गर्दै समाज लाइ समानता ले भरिपूर्ण गराई समुन्नत समाज को श्रीजना हुनु पर्दछ भन्ने मान्यता लाइ आफ्नो जिबन को मुलभूत सिद्धान्त को रुप मा उभ्याउनु हुने समाजसेवी हिरा दाहाल ले लैंगिक पहिचान गरि भ्रुण हत्या गर्ने बाट सुरु हुने छोरी को अपमान अनि भेदभाब जिबन पर्यन्त नारि भएर सम्मानित हुन नपाउने हाम्रो समाज को पितृसतात्मक हैकमबाद को बिरुद्ध सधै आवाज उठाउदै आउनुभएको छ ! छोरी भएर जन्मिन नपाइने छोरी भएर बाच्न नपाउने अनि अझै सम्मानित छोरी भएर मर्न समेत नपाउने हाम्रो संकीर्ण समाज लाइ परिबर्तन गर्न को लागि लैंगिक पहिचान गरि भ्रुण हत्या गर्ने जस्तो अपराध लाइ समाज बाट हटाउन एक भएर लाग्नुपर्ने बताउनुहुन्छ !
प्रस्तावित उपन्यास शिर्षक “छोरी” मार्फत उहाँले मनोरंजन को क्षेत्र मा लागेका महिला माथि हुने हिंसा अनि समाज को नकारात्मक हेराइ अनि प्रत्यक पाइला मा अपमानित र घृणित भएर बाच्नुपर्ने पिडा का संग संगै आफ्नो र आफन्त भनिएका बाटै हुने दुर्ब्यबहार अनि हिंसा का शृंखला हरु विभिन्न पात्र हरु मार्फत प्रस्तुत गर्नुभएको छ !
मनोरंजन को क्षेत्र मा काम गर्ने प्रति समाज ले हेर्ने आखा ले गर्दा पनि नारि हरुलाई असाध्यै पिडा दिएको कुरा यसरि पात्र को माध्यम बाट देखाइएको छ : “म यस्तो ठाउंमा काम गर्छु भनेर मेरो घर परिवारले, गाउंलेले, समाजले थाहा पाउंदा यो सव कुरा बुझ्दैनन् । रेष्टुरेन्टमै काम गरेपनि हामीलाई यसरी चरीत्रहिन बनाएर हेर्नु पर्दैन भन्ने कुरा समाजले कहिल्यै बुझ्न सक्दैन । भोलि यदि उनिहरुले थाहा पाए भने उनिहरुको हेराईमा म केवल एउटी काम नलाग्ने,चरीत्रहिन केटि हुनेछु जो क्याविन रेष्टुरेन्टमा काम गरेर आफ्नो जिवीका चलाईरहेछु । हो म क्याविनमा काम गर्छु तर म यहां काम गरेपनि आज सम्म पनि मलाई कुनै ग्राहकले मलाई जवर्जस्ती गर्न सकेका छैनन्  भन्ने कुरा, आज सम्म मैले पैसाको लागि कसैसंग आफ्नो शरीर बेच्नुपरेको छैन भन्नेकुरा र म यहां खुशी भएर राम्रै संग काम गरीरहेको छु भन्ने कुरा कि त मलाई नै थाहा छ कि त तपाईंलाई । यस बाहिरको संसारका मान्छेहरुको आंखामा म कुनै हालतमा पनि मेरो स्वच्छताको ,मेरो पवित्रताको र मेरो कामको वास्तविकताको प्रमाणित गर्न सक्तिन ।“
जम्मा जम्मी ३९ परिच्छेद तथा ९९ पृष्ठ को प्रस्तुत उपन्यास का प्रत्येक परिच्छेद ले नया कुरा को बोध गराउछ ! गाउ बाट कसरि सिधा सोझा गाउले केटि हरु क्याबिन, डान्स रेस्टुरा अनि मसाज मा पुग्छन ! कसरि दलाल हरु गाउ सम्म पुगेर गाउले युवती हरु लाइ शहर को मनोरंजन मा सहभागी गराइन्छन् अनि यस्तो क्षेत्र मा पसिसकेका हरु लाइ आउने समस्या हरु साथै हिंसा का घटना हरु मा सहभागी बनाइने घटाइने र फसाइने गरिन्छ साथै शोषक हरु का विभिन्न जाल हरु के के हुन सक्छन जस्ता कुरा लाइ समेटेर घटनाक्रम बनाइएको छ ! अनि अर्को तिर विभिन्न लोभ लालच र परिबन्ध मा परेर विदेश का बजार सम्म बिक्न बेचिन पुग्ने कारण हरु पनि खोतलिएको छ ! मानब तस्कर हरु जालो मा जेलिन पुग्दा झेलिएका समस्या हरु देखाइएको छ ! विदेश का शहर सम्म बेचिन पुग्नु र आफ्ना भन्नु बाटै सिमित स्वार्थ र केवल यौन परिपूर्ति को लागि माया को नाटक मा फस्नु पनि नारि हरु को लागि ठुलो दशा बन्ने गरेको यथार्थता लाइ उपन्यासकार ले प्रस्तुत गर्नुभएको छ !
Read more ...

Saturday, January 24, 2015

यसरी एउटा स्वतन्त्र राष्ट्र विश्व मानचित्रबाट सदाको लागि हरायो

यो लेख लाई अनलाइन पोर्टल पहिलोपोस्ट डट कम को ३ माघ २०७१ को अंक बाट साभार गरिएको हो !  यस लेख का लेखक सुभाषचन्द्र देवकोटा हुनु हुन्छ ! समसामयिक नेपालि सन्दर्भ लाइ सुहाउदो अनि समय सापेक्ष्य लागेकाले बिना अनुमति साभार गरिएको हो !  
सिक्किम अचानक एकै दिनमा भारतमा विलय भएको थिएन। सिक्किमको भारतमा विलय योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय सम्भव भएको भुक्तभोगी स्वीकार्छन्। सिक्किमको भारतमा विलयको परिघटना बुझ्नसके अहिलेको देशको राजनीतिक अवस्था र यसले जन्माएको राष्ट्रियताको संवेदनशीलतालाई परख्न सहज हुनेछ। इतिहास भैसकेको विषयलाई यसैकारण उधिन्ने कोसिस गरिएको हो।
सन् १९४७ मा स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू नेतृत्वको मन्त्रिमण्डलको बैठकमा तत्कालीन गृह मन्त्री सरदार बल्लभभाइ पटेलले राजा रजौटाहरूको उन्मुलन गरी भारतमा विलय गर्ने सिलसिलामा हिमाली स्वतन्त्र राष्ट्रहरू नेपाल, सिक्किम र भुटानसमेत भारतमा गाभ्ने प्रस्ताव पेश गरेका थिए। तत्कालीन अवस्थामा त्यो प्रस्ताव कार्यान्वयन सम्भव नभए पनि कालान्तरमा त्यै प्रस्ताव अन्तर्गत  सिक्किमलार्इ भारतमा विलय गरिएको विषय अब इतिहास भइसकेको छ।
१९४७ मा भारत स्वतन्त्र भएसँगै सिक्किममा पनि राजनीतिक गतिविधिले गति लिन थालेको थियो। त्यसबेला सिक्किममा सिक्किम स्टेट काङ्ग्रेस, नेसनल पार्टी र राज्य प्रजा सम्मेलन नाम गरेका राजनीतिक दलहरू सक्रिय थिए। ती राजनीतिक दलका गतिविधिलाई भारतले भरपुर सहयोग गरिरहेको थियो।
भारतको उक्साहटमा सिक्किम स्टेट काङ्ग्रेसले सिक्किममा प्रजातन्त्र स्थापना गर्न भनेर मे दिवस १९४९ का दिन आन्दोलनको सुरूवात गर्‍यो। तर, यो आन्दोलन भारत सरकार र सिक्किमका राजाबीचको सम्झौतामा गएर टुङ्गियो। विडम्वना यही सम्झौता सँगै भारतले सिक्किमको अशान्ति, अव्यवस्था र कमजोर राष्ट्रियताको फाइदा उठाउँदै प्रत्यक्ष हस्तक्षेप थाल्यो। भारत सरकारले तत्कालै संविधान निर्माण, अन्य प्रशासनिक र राजनीतिक सहयोग गर्ने नाममा भारतीय निजामती सेवाका जोन लाललाई ११ अगस्ट १९४९ मा सिक्किम पठायो। यसैबीच २० मार्च १९५० मा भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्तिमार्फत् सिक्किम भारतको एउटा संरक्षित राज्यको रूपमा रहने सहमति भइसकेको सार्वजनिक गर्‍यो।
भारत सरकारको यस्तो अमर्यादित कुराको विरोधमा सिक्किमका राष्ट्रवादीहरू आक्रोशित भए र विरोधमा अग्रसर हुन थाले। यो विषय भारत सरकारलाई असैह्य भयो। सिक्किमेली जनताको राष्ट्रवादी अभियानलाई मथ्थर पार्न विभिन्न प्रपञ्च रच्न थालियो।
त्यही प्रपञ्च अन्तर्गत भारत सरकारले सिक्किमेली जनताबीच लोकप्रिय तथा प्रभावशाली छवि बनाएका सिक्किम स्टेट काङ्ग्रेसका नेता लेण्डुप दोर्जे खाङ्सार्पालाई भित्रभित्र हात लिएर गोटीको रूपमा अघि सार्‍यो।
नेपाली भाषी युवा नेता नरबहादुर भण्डारी*लार्इ समेत लेण्डुप दोर्जेलाई साथ दिन भारतले तयार पारेपछि  राष्ट्रवादीहरूलार्इ  एक्ल्याउन र  सिक्किमेली राष्ट्रवाद विरुद्धमा जनमत सृजनाको लागि सहज वातावरण तयार भयो।
तर, भारत सरकारको जति प्रयत्न भए पनि १५ अगस्ट १९६८ भारतको स्वतन्त्र दिवसकै दिन हस्तक्षेपको विरोधमा सिक्किममा विरोध प्रदर्शन आयोजना भयो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सन् १९७० मा भारतको विरोधमा यस्ता गतिविधि बढाए नराम्रो हुने चेतावनी सिक्किमका राजालाई दिइन्।
भारतले सिक्किमको राष्ट्रवादी शक्तिलाई कमजोर बनाउन विभिन्न बहानामा लेण्डुप दोर्जे लगायतका नेतामार्फत् जनतालाई उकास्ने क्रम बढाए। अन्य नेता, कार्यकर्तालाई पद तथा आर्थिक प्रलोभनको जालमा पारी उपयोग गर्ने भारत खुलेरै लाग्यो।
भारतको सम्पूर्ण सहयोग र उक्साहटमा ४ अप्रिल १९७३ का दिन लेण्डुपको नेतृत्वमा सिक्किमभरि तनाव फैलाउने काम भयो। लेण्डुपको नेतृत्वमा सिक्किमको चारवटा जिल्ला मागन, गान्तोक, नाम्ची र गेजिङबाट भेला भएका 'कथित' आन्दोलनकारीलाई ध्वंसात्मक कार्यमा उतारियो। यता लेण्डुपको नेतृत्वमा ध्वंसात्मक आन्दोलन चलिरहेको मेसोमा सिक्किमको सुरक्षाको नाममा भारतीय ब्रिगेड डिभ र जनरल कोरकाको कमाण्डमा सेना र सेन्ट्रल रिजर्भ फोर्सका जवान सिक्किम छिरिसकेका थिए।
अन्ततः भारतकै पहलमा ८ मे १९७३ का दिन राजा, जनप्रतिनिधि र भारत सरकारका प्रतिनिधिबीच त्रिपक्षीय सम्झौता हस्ताक्षर भयो। यसरी भारत कै उक्साहटमा लेण्डुपको नेतृत्वमा चलेको कथित जनआआन्दोलन भारत समेतको त्रिपक्षीय सम्झौतामा समाप्त पारियो। त्रिपक्षीय सम्झौताको एउटा बुँदामा, प्रजातान्त्रिक संविधानमार्फत् सिक्किममा पूर्ण उत्तरदायी सरकारको स्थापना गर्ने भन्ने उल्लेख थियो।
भारतीय गोटीका रूपमा परिचालित लेण्डुपको सिक्किम काङ्ग्रेसको स्थिति सिक्किममा बलियो भएको र चुनावमा अत्याधिक बहुमतका साथ जित्ने निश्चित भएपछि इन्दिरा गान्धीले सिक्किममा तत्कालै र जसरी हुन्छ संविधानसभाको निर्वाचन सम्पन्न गर्ने आदेश दिइन्।
संविधानसभाको निर्वाचनको सम्पूर्ण तयारी सम्पर्क र समन्वय, निर्वाचन क्षेत्रको सीमाना तर्जुमा, मतदाताको नामावली संशोधन, संविधानसभाको सदस्यको सिट संख्या निर्धारण, क्षेत्र निर्धारण जस्ता निर्वाचनका आधारभूत कुराहरू लगायतका सबै कार्य भारतले पठाएका पोलिटिकल अफिसर र प्रमुख प्रशासकको अगुवाइमा सम्पन्न गरियो। संविधानसभाको सदस्यहरूको सिट संख्या लेप्चा र भोटेका लागि १५ स्थान, नेपाली भाषीका लागि १५ स्थान, दलितका लागि १ स्थान र लामाहरूका लागि १ स्थान गरी जम्मा ३२ स्थानको तोक्नेसमेत भारतले पठाएका तीनै पोलिटिकल अफिसर र प्रमुख प्रशासकले गरे।
निर्वाचनका लागि सबै अधारभूत कार्य सम्पन्न भइसकेपछि अप्रिल १९७४ मा निर्वाचन को मिति तय गरियो। अनि निर्वाचन प्रयोजनका लागि भनेर निर्वाचन आयुक्त, चारजना मतदान अधिकृत र अन्य सय जना कर्मचारी भारतले सिक्किम पठायो।
निर्धारित समयमा निर्वाचन सम्पन्न भयो। निर्वाचनमा योजना मुताबिक नै नतिजा प्राप्त पनि भयो। लेण्डुपले नेतृत्व गरेको सिक्किम काङ्ग्रेस पार्टीले निर्वाचनमा ३१ स्थानमा विजयी पायो भने कालजाङ ग्याछोको नेसनल पार्टीलाई जम्मा एक स्थान हात हात लाग्यो। सबै कुरा यस्तो योजनाबद्ध तरिकाले सम्पन्न गरियो कि राजा लगायत कसैले पनि निर्वाचनमा धाँधली र अनियमिता भएको आरोप लगाउन सकेनन्।
यो संविधानसभा त दुनियालाई देखाउनु मात्र थियो। वास्तविक संविधान त भारतीयद्वारा भारतमै तयार पारिएको थियो। नयाँ सम्वैधानिक व्यवस्था अनुसार सबैभन्दा ठूलो दल काङ्ग्रेस पार्टीका नेता लेण्डुप दोर्जे खाङ्सार्पा सिक्किमका प्रधानमन्त्री चुनिए।
१० अप्रिल १९७५ मा सिक्किम विधानसभाको बैठक बस्यो। बैठकमा प्रधानमन्त्री लेण्डुप दोर्जे खाङ्सार्पाले नै सिक्किमलाई भारतमा विलय गर्ने ठाडो प्रस्ताव राखे। उक्त प्रस्तावको पक्षमा लेण्डुपको पार्टी सिक्किम काङ्ग्रेसका ३१ सभासद् सदस्यहरूले समर्थन गरे भने प्रस्तावको विपक्षमा नेसनल पार्टीका १ जना सभासद् सदस्य कालजाङ ग्याछोले मात्र भए।
यै निर्णयको अधारमा अप्रिल महिनाभित्रै भारतीय सेना खुलारूपमा सिक्किमको भूमिमा प्रवेश गर्‍यो र राजा चोग्याललाई नजरबन्दमा राखी गान्तोकलाई आफ्नो कब्जामा लियो। भारतीय सेनाले दुई दिनभित्र सम्पूर्ण सिक्किम राज्यलाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो।
यसपछि भारतले सिक्किममा एउटा जनमत संग्रहको नाटक मञ्चन गर्‍यो। जसमा सिक्किमका ५९ प्रतिशत जनताले मात्र भाग लिएका थिए। भारतबाट प्रायोजित जनमत संग्रहमा ९७.५ प्रतिशत मतदाताहरूले सिक्किमलाई भारतीय गणराज्यमा समावेश गर्नेमा मत प्रकट गरे। यही निहुँमा जनमत संग्रह सम्पन्न भएको केही हप्तापछि नै अर्थात १६ मे १९७५ का दिन एउटा सार्वभौम तथा स्वतन्त्र राष्ट्र सिक्किमलाई औपचारिक रूपमा भारतीय गणराज्यको २२ औं प्रदेश घोषणा गरियो। एउटा स्वतन्त्र राष्ट्र विश्व मानचित्रबाट सदाको लागि हरायो।
ठीकै हो, वस्तवमा यस्ता राष्ट्रघातीहरू लेन्दुप दोर्जेहरूको कुनै देश हुँदैन। यिनीहरूको उदय र अस्तको कुनै समय सीमा पनि हुँदैन। यस्ता मान्छेहरू कुनै पनि समयमा, कुनै पनि रूपमा कुनै पनि देशमा प्रकट हुन सक्छन्।
३ माघ २०७१

ठीकै हो, वस्तवमा यस्ता राष्ट्रघातीहरू लेन्दुप दोर्जेहरूको कुनै देश हुँदैन। यिनीहरूको उदय र अस्तको कुनै समय सीमा पनि हुँदैन। यस्ता मान्छेहरू कुनै पनि समयमा, कुनै पनि रूपमा कुनै पनि देशमा प्रकट हुन सक्छन्। - See more at: http://www.pahilopost.com/content/-1907.html#.VLqHidKUco8
Read more ...
Designed By Basanta Subedi