ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Saturday, March 10, 2012

दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?

दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?
सुन्दर जिबन लौ भाची देउ के छ र ?

पिडा तिमीलाई चाहिन्छ भने संगाल
खुशी अर्को जुनिलाइ साचिदेउ के छ र ?

खरानी नै बन्नु छ भने मै बनी दिन्छु
भाग्यमानी बनी हासिदेउ के छ र ?

दु:खमा साथ दिन्छु मेरै गल्ती हो भने
काख दिनेलाई मासिदेउ के छ र ?

मेरो साथ आसु झार्ने पल भएपछी
जवानी अन्तै तिर गासिदेउ के छ र ?

सम्झना ताजा राख्दा गहारो पर्छ भने
मन बाट टाढा भासिदेउ के छ र ?

२०६८ फागुन २७, शनिवार
Read more ...

Saturday, February 18, 2012

रहर होइन बिछोड आसु मेरो पनि झर्छ

(एक)

रहर होइन बिछोड आसु मेरो पनि झर्छ
सम्झना त कती कती सुनामिको जाल मा पर्छ
भुल्न म नि सक्दिन जती जुनी काटेपनी
दुइटा मुटु जोड्ने त्यो पल हामी सँगै मर्छ ।।

(दुइ) 

दिन भरी कुर्दै बसे तिमी आउने आस मा
पर्खाइ मै घुडा धसे तिमी आउने आस मा
ओठ मुख सुके आँखा पनि टट्टाएछन
आसुका भेल खसे तिमी आउने आस मा !!!!!

(तिन) 

आउछु भन्थे तिमीलाई भेट्न भनी मन्दिरमा
मन भित्रको आधिलाई मेट्न भनी मन्दिरमा
उठ्नै ढिला भएछ लागे म त अफिस तिर
अर्कै दिन आउँला है भेट्न भनी मन्दिरमा !!!!!!!!!!!!!!!!!!!!

२०६८ फागुन ६, शनिवार
Read more ...

Wednesday, February 15, 2012

पुण्य प्रसाद प्रसाइ को उपन्यास आईमाई मान्छे

पुण्य प्रसाद प्रसाइ को उपन्यास आईमाई मान्छे डिकुरा प्रकाशन ले प्रकासित गरेको रहेछ । यसलाई मैले ढिला गरी आज मात्र पढेर सकाए उपन्यास मुलत नौलो लाग्यो । 

 एउटी नारिको जिबन मा मात्र नभएर सम्पूर्ण नारी जाती माथि नै उभिएको प्रश्न लाई उठाइएको रहेछ  । प्रत्येक पाना र प्रत्येक् परिच्छेद् ले नयाँ रहस्य लाई बोकेका छन जती पढ्यो उती पढौ लाग्ने छोड्नै मन न लाग्ने । लेखक ले प्रत्येक शब्द र बाणी मा रहस्यमय भोगाइलाई चित्रण गरेका छन । 

पत्रकार दीपा कि आमा हुर्कनै लागेको अबोध बाल्य प्रेम लाई अबोध रुपमै अन्त्य गरेर अनी गरीबी र असमानताको जालमा परेर  एउटा बुढा लाई श्रीमान बनाउन वाध्य भईन जसले उनको उर्लदो बैसलाई शान्त पार्न त के कुमारीत्व समेत न गुमाइ बिधवा बनिन । बिधवा जिबन मा नै सामुहिक बलात्कार बाट दिपा लाई जन्माउन बिबस भईन र जन्माइन पनि मर्ने इच्छा लाई  दबाएर एउटी जुझारु  छोरी बनाउने   इच्छा लाई बीच मै छाडेर परम धाम हुन बिबस एउटी आईमाई जसले आफ्नो शरीर लाई पुरुष रुपी किरा हरु बाट बचाउन आफ्नै अनुहार मा तेजाब छर्केर आँफैलाई बिरुप पारीन जस्को पारीणाम उनैले यो संसार र समाज बाट हेला तिरस्कर पागल बोक्सी सबै सहनु पर्‍यो र पनि आफ्नी एउटी  मात्र छोरीलाई  सदा राम्रो कुरा सिकाउन र सहि बाटो हिडाउन को लागि आफुलाई सदैब लागि पारीन ।

 उनी जस्ती आमाको कोख बाट बिना बाबु जन्मेकी दिपा लाई अर्थ, शिक्षा र सक्ती बाट पुरुष हरुले नारी माथि हस्तक्षेप गरिरहन्छन र सदा यि कुरा हरु बाट बच्नु भन्ने सन्देस दिदै आफ्नो जिबन बाट छोरीलाई छाडे तापनी दिपा लाई प्रेम को प्रयोग गरेर पनि पुरुष हरुले नारी हरु माथि  आफ्नो प्रभाब जमौछन र नारिको जिबन लाई तहस नहस पर्न सक्छन भन्ने ज्ञान दिन नसक्दा दिपाले आफ्नो जिबन लाई प्रेम जाल म पार्ने मान्छे चिन्न नसक्दा दीपाको जिबन खन्डहर मा पारिणत् हुन पुग्यो जसलाई लेखकले  उपन्यासको मुल मर्म बनाएका छन । 

उपन्यास को बिषय बस्तु लाई मुलत नारिमथि पुरुष ले हर तरहले शोषण गर्छन् र आफ्नो सफलतामा प्रयोग गर्छन् भन्ने मुल मर्म देखाउन खोजिएको कथा बस्तुले दिपाको माध्यम बाट जिबनमा एउटी नारी माथि हुने सम्पूर्ण अत्याचार मा नजिकै का आफ्नै आफन्त एबम पुरुष हरुकै हात हुन्छ भन्ने देखाइएको छु । दिपाको खन्डहर जिबन खतरनाक रोग सँग अन्त्य हुँदा पनि आफ्नो प्रेमलाई महत्व दिदै एउटी नारिले कती सम्म जिबनको पाटोहरु अगाडि बढाउछिन भन्ने समेत देखाउन खोजिएको यस उपन्यास मा केही बिरोधाभास् भने अबस्य छ । 

आफ्नै दाजु बाट बेचिन पुगेकी र त्यता बाट उम्किएकी दिपा कुनै पनि पुरुष माथि विश्वाश गर्न नसक्ने बन्नु आफ्नो ठाउमा छ भने उता सुधिर दाइको मिठो बनावटी प्रेम मा आफ्नो चन्चलता लाई कम् गर्न नसक्दा उत्पन्न घटनाले एउटी नारिलाई प्रेम को कती महत्व हुन्छ भन्ने देखाउन खोजिएको छ । कुनै पनि पुरुष लाई विश्वाश न गर्ने अनी जुझारु पत्रकार बनेकी दिपा ले आमा बाबु को टुङो न भएको हेर्दा म कठोर् लाग्ने लेखकलाई   विश्वाश गर्नु र विवाह गर्न सम्म पुग्नु शायद नारिको मनोभाबना एवम उमेर सँगको प्रभाब पनि हो भन्ने देखाइएको छ । 

सात जना केटा हरुले बल प्रयोग गरेर बलात्कार र हत्याको लागि अगाडि आउँदा सबैलाई खेदाउन सक्ने एउटी बहादुर नरी जस्ले जिबन्मा कोइ कसै सँग अर्थ र शक्तिको लागि सम्झौता गर्न खोज्दैन थि तर एउट सामान्य केटा को प्रेम मा परेर उसैलाई जिबन सुम्पिनु अनी एउटा पत्रीकाले गलत समाचार लेखेकै भरमा श्रीमान ले एकातर्फी सम्बन्धको अन्त्य गर्नु अनी त्यसको पिडा सहन नसकी पागल भएकी दिपा लाई आफ्न्त को अभाब मा हेर्ने मान्छे नपाउनु अनी घरबेटी ले उपचार गर्न खोज्दा श्रीमतीको डर हुनु आफ्नी हराएकी बहिनी जस्को योउन रोग लागेर जिबन समाप्त भएको थियो उस्को छाया देखी उपचार गर्न खोज्दा अर्की नारी ले सन्का गर्नु पनि हाम्रो समाजको एक नराम्रो सन्स्कार कै परिणति हो भन्ने समेत देखाइएको छ दिपा प्रती चराम मानबिएता प्रदसन गर्ने घरबेटि को योजना लाई फेल गराएर जब दिपा काठमाडौं तिर लाग्छिन त्यस्पछाडिका सम्पूर्ण घटना क्रम ले हाम्रो समाजको पुरुष प्रधान समाजको अवस्था देखाएको छ । 

उपन्यासलाई अझै जिबन्तता दिनको लागि माइती नेपाल र अनुराधा कोइराला लाई बिचमा ल्याएर सामाजिक बन्धन लाई अझै ससक्त बनाउने प्रयास गरिएको छ । दिपाले पूर्व पती एवम लेखक ( लेखक महोदय जसले आईमाई मान्छे उपन्यास लेख्ने प्रत्याधिकारी पाएको थियो ) लाई अन्तिम समय मा भेट्न चाहनु सम्योगबस लेखकले पत्नी नलिनाको अपनत्व पाउनु लगाएत का घटना अत्यन्त मार्मिक छन । 

दिपा ले आफु बेस्या होइन भन्ने अबसर जुटाएकै लागि सम्पूर्ण कथा भनुन्जेल सम्म पनि पूर्व पती ले उन्लाई ठम्याउन नसकेको परिबेश् अली रहस्यमय छ । पुरुष लाई कता कता अत्यन्त कमजोर बनाएको पो हो कि भान हुन्छ । दिपा को मुख बाट त्यो मान्छे अरु नभएर तपाईं नै हो भनुन्जेल सम्म पनि दिपा ले सुनाएको कथा जुन कथा उस्को पनि थियो र पनि उसले अलिकती पनि भेउ पाउन नसक्नु पुरुष हरुको प्रेम प्रती को खोक्रो आडम्बर् मात्र हो कि जस्तो लाग्छ !! 

जे होस् आफ्नो प्रेम पूर्ण आत्मा र शरीरलाई आफ्नो अत्यन्त प्रेम गरेको मान्छे को काखमा बिसर्जन गराएर कथालाई जिबन को अन्तिम अवस्था मा सम्योगान्त जस्तो भान हुने पारीएको छ । जे होस् प्रेमको जित देखाइएको छ भने त्यो सँगइ नलिनाको सैदान्तिक बिद्रोह सँगै नलिना र लेखक प्रतिको प्रेम लाई बियोगान्त तिर धकेलिएको छ । जसलाई उपसम्हार मा लेखकले अन्तिम अवस्थामा पुन नलिना सँग भेट गराए पनि कथाले सम्योगान्त तिर अगाडि बढ्न नसकी बियोगान्त नै अन्त्य गराइएको छ । 

समग्रमा उपन्यास नौलो छ । नारिमाथि का थिचोमिचो र पुरुष प्रधान समाजको चेपुवामा नारिले आफ्नो प्रगतिलाई तिलान्जली दिनुपरेको घटनाहरु लाई मार्मिक रुपमा देखाइएको  छ । कथाले अधिकाम्स त बिद्रोह को मुल फुटाउन खोजेको छ नारी जातिको तर्फ बाट । साथै बिद्रोह भन्दा प्रेम नै महान हो कि जस्तो भान पार्ने कथाबस्तु ले नारिले पुरुष माथि आत्मिक प्रेम गर्छ तर पुरुष ले स्वार्थ पुर्ती को लागि मात्र प्रेम गर्छन् भनेर देखाउन खोजेको पो हो कि जस्तो लाग्यो ।

२०६८ फागुन ३, बुधवार
Read more ...

Sunday, January 1, 2012

तड्पिरा’को यो मनलाई अझै कति जलाऔँ म

तड्पिरा’को यो मनलाई अझै कति जलाऔँ म
आँफै लाई आफैँभित्र कति दिन छलाऔँ म ।।

पिडाहरु बल्झिदिँदा आँसु त्यसै झरिदिँदा
निर्जिव यो ठुटो शरिर कति दिन चलाऔँ म ।।

मजबुत मनलाई पनि कता कता अवरोध
कमजोर पारिकन के का लागि गलाऔँ म ।।

लिपिबद्घ जिवनका सुस्त सुस्त पाईलाहरु
मुर्ति जस्तो रुप बनाई कतिपल्ट ढलाऔँ म ।।

सबै माथी प्रभुत्व यो जगाई जगाई पनि
आफ्नै बल पुग्ने हुँदै त्यसलाई कति नलाऔँ म ।।

तर आज ति पाईला नि सुस्त चल्न थाल्दा
मन्द मन्द मुस्कान छरि सँधै किन पलाऔँ म ।।

सानो सानो रुप लिई अरु सामु खडा हुँदा
मालिक साप बनेजस्तो कतिलाई दलाऔँ म ।।

चाहे  जति  सुकै  ठुलो  बाधा  आएपनि
“बसन्त”लाई ठुलोबोझले केका लागि थलाऔँ म ।।
Read more ...

सुन्दर जिवन आशा गर्दै रम्ने वालापन मेरो

सुन्दर जिवन आशा गर्दै रम्ने वालापन मेरो
मायालुको संझनामा कल्पि रुने मन मेरो ।।

क्षितिजको घाम हेरी टोल्हाउने सँधै गर्दा
यादै यादमा डुविकन सुकिजाने ज्यान मेरो ।।

माया प्रेमको संसारमा नव पाईला टेक्दै
साईनो त्यसै विलाँउदा मासिई जाने धन मेरो ।।

खरानिको थुप्रो भित्र जलिसक्दा जिवन
हुरिवतास आईकन उडाउने च्यान मेरो ।।

आफ्नै संसार भताभुङ्ग पार्न खोज्दा पनी
वाधा आई नटुटाउने जवर्जस्ती ध्यान मेरो ।।
Read more ...

इच्छा विना बाध्यतामा माया गर्नुपर्दा


इच्छा विना बाध्यतामा माया गर्नुपर्दा
कति साह्रो पर्न जान्छ जिँउदै मर्नुपर्दा ।।

आशा थियो जिवनलाई सुखि बनाउने
तर आज गाह्रो पर्यो  जल्दै झर्नुपर्दा ।।

जिवनका रङ्गहरु जलाएर नाशी
मायालुको आशा गर्थेँ माया भर्नुपर्दा ।।

रात बित्यो दिन वित्यो बितिगयो जिवन
सिरानिमा आँशुको यो भेल तर्नुपर्दा ।।

बाँच्नै मन लाग्नै छाड्यो नबाँचु कि कसो
जिवनमा रुँदै रुँदै शोक बार्नुपर्दा ।।

जलि जलि बाँच्नेले जान्दछ कि पिडा
तातो कराई माथि बसि जिवन खार्नुपर्दा ।।
Read more ...

खुशि मन गरिकन आज पनि आएको छु

खुशि मन गरिकन आज पनि आएको छु
मायालुलाई आफ्नो भन्ने साथ सँधै पाएको छु ।।

मन थियो सँधै सँधै अँगालोमा बाँधिराख्ने
सायद रहर पुग्छ होला यहि सोचि धाएको छु ।।

सपनिमा मायालुको साथ बस्न पाँउदा
रमाई रमाई मिठो स्वरले गित मैले गाएको छु ।।

विछोडको शङ्का लाग्दा घोसे मुन्टो लाँउदै
मन्दिरमा हात जोडि मलिन मुख लाएको छु ।।

जिवनलाई खुशि बनाई सँधै जिउन खोज्दै
मायालुको साथमा बसि हजार कसम खाएको छु ।।
Read more ...

कस्तो होला जस्तो लाग्थ्यो चिनेको पो रै’छ


कस्तो होला जस्तो लाग्थ्यो चिनेको पो रै’छ
सुटुक्कन मन चोरी लिनेको पो रै’छ ।।

छटपटी चलिराथ्यो यो मन जलि जलि
तर अहँ लाखौँ चोटि विनेको पो रै’छ ।।

चोतारिमा मुसुक्कन हाँसी हात तान्दा
जालि रुमाल पोको पारि दिनेको पो रै’छ ।।

साँच्चै कस्तो रुप होला मनमा बाढी आँउथ्यो
बारुले त्यो झिनो कम्मर छिनेको पो रै’छ ।।

मख्ख परि मायाँ पाँए भनि हिँड्दा हिँड्दै
थहा भयो केहि दिनलाई किनेको पो रै’छ ।।

शिर ठाडो नभएको उचित मौका पाँउदा
सिलौटिमा राखिकन पिनेको पो रै’छ ।।

-केवलपुर, धादिंग !
Read more ...

मेरा नजर तिमिसँग मिलाउन पाए हुन्थ्यो


मेरा नजर तिमिसँग मिलाउन पाए हुन्थ्यो
च्यातिएको प्रेमप्याला सिलाउन पाए हुन्थ्यो ।।

लोभ लाग्दो अधरमा चुम्बनको वर्षा गर्दै
एकै छिन संसारबाटै विलाउन पाए हुन्थ्यो ।।

अतृप्त यो मनोकांक्षा तिमि बाट तृप्त गर्दै
अमृत रुपि यौवनलाई पिलाउन पाए हुन्थ्यो ।।

एक्लै एक्लै भौतारिदै कठोर भा को जिवनलाई
तिम्रै साथ बसिकन गिलाउन  पाए हुन्थ्यो ।।

रुखो जिवन कति बाँच्नु पिडा बोकी बोकी
खेति लाउने खेतका गह्रा हिलाउन पाए हुन्थ्यो ।।
Read more ...

मेरा लागि कसैले यहाँ तीर फालेका छन्

मेरा लागि कसैले यहाँ तीर फालेका छन्
मुटु भित्रै जलाईदिने आगो बालेका छन् ।।

सायद नै मायामा रम्न नजानेर पो होला
तिमी सँग छुटाईदिने चाल चालेका छन् ।।

खै किन इष्र्या गर्छन् तिम्रो र मेरो सम्बन्धमा
राम राम मुखमा छूरा गोजिमा हालेका छन् ।।

आधुनिकता को आडमा खोक्रो गफ लगाउनेले
आफ्नै रवाफमा राखी पेलाउन थालेका छन् ।।

आफ्नै संसारमा रमाईरहने यो जिवनको
आत्म सम्मानलाई सकेसम्म तल ढालेका छन् ।।
Read more ...

डायरिको कुनामाथि मेरो तस्विर सजाईराख्नु

डायरिको कुनामाथि मेरो तस्विर सजाईराख्नु
शब्दहरु छाल बन्लान् तिन्लाई पनि कजाईराख्नु ।।

संझनाको तरेलिमा गित बनि गुन्गुनाउँदा
मिठास पन भर्नलाई सुन्दर धुन बजाईराख्नु ।।

कहिलेकाँहि संझनाले छटपटि र पिडा दिँदा
मनमन ले पूजा गरि तस्बिर छाडि नजाईराख्नु ।।

चुलबुले बैँशले त्यो चञ्चलता थपिदिँदा
पछ्यौरिको घुम्टो ओढि मुख छोपि लजाईराख्नुु ।।

हृदयको माझभित्र मेरा निम्ति मैला बसे
मायाजालको मस्को लगाई चोखो पारि मजाईराख्नु ।।
Read more ...

भाषण गर्छन् नेता हरु लोक तन्त्र आको

भाषण गर्छन् नेता हरु लोक तन्त्र आको
भ्रम मा छौ साथी हो केवल जोकतन्त्र आको !!

अती स्वतन्त्रता ले अराजकता निम्त्याउछ
सुन्दरिको प्रदसनी गर्ने कोक तन्त्र आको !!

काली दुख्दा सुस्ता दुख्दा काठमान्डौ मौन
महंगि र अभाबले पेटमा भोकतन्त्र आको !!

हटेन चलन यहाँ ठुलाको पाउ मोल्ने
हैकमबादी परास्त रे लौ खोकतन्त्र आको !!


नेताजिको आदेसमा अपराधी लुक्न थाले
आज्ञा शिरोपर गर्ने तोकतन्त्र आको !!
Read more ...

सुटुक्कन मन खोली तिमी तिर आउ लाग्यो

सुटुक्कन मन खोली तिमी तिर आउ लाग्यो
मनका सारा ब्यथा लाई बेली बिस्तार लाउ लाग्यो !!

मनभित्र गुम्सिएर बसेका यि पिडा हरु
सुन्दर गीत बनाएर तिम्रै सामु गाउ लाग्यो !!

निस्ठुरी यो सन्सार मा स्वार्थी जस्तो बन्नु भन्दा
एकैपटक साफ हुने जहर लिई खाउ लाग्यो !!

दिल खोली स्वागत गर्ने तिमी जस्तो साथी पाउदा
बिपनिमा न भएनी सपनिमा धाउ लाग्यो !!

पिडा बिच सधैं सधैं गहारो गरी बाच्नुभन्दा
मन मन को बाटो गरी तिम्रो समिप जाउ लाग्यो !!

आहा आज म कती खुशी छु तिम्रो साथ पाउदा
बसन्त बहार बनी चारैतिर छाउ लाग्यो !!
Read more ...

मेरा लागि कसैले यहाँ तीर फालेका छन्

मेरा लागि कसैले यहाँ तीर फालेका छन्
मुटु भित्रै जलाईदिने आगो बालेका छन् ।।

सायद नै मायामा रम्न नजानेर पो होला
तिमी सँग छुटाईदिने चाल चालेका छन् ।।

खै किन इष्र्या गर्छन् तिम्रो र मेरो सम्बन्धमा
राम राम मुखमा छूरा गोजिमा हालेका छन् ।।

आधुनिकता को आडमा खोक्रो गफ लगाउनेले
आफ्नै रवाफमा राखी पेलाउन थालेका छन् ।।

आफ्नै संसारमा रमाईरहने यो जिवनको
आत्म सम्मानलाई सकेसम्म तल ढालेका छन् ।।
Read more ...

दिलमा उन्कै तस्बिर राखे मेटाइदियौ किन

दिलमा उन्कै तस्बिर राखे मेटाइदियौ किन
कोमल यो मुटु मेरो रेटाइदियौ किन !!

जिबन भर रुनु पर्ने दैबको यो खेल
छुटाउनु रैछ आखिर भेटाइदियौ किन !!

सधैं संगै जिउछु भन्ने उनको बहाना
उनी खुशी हुँदा मलाई लेटाइदियौ किन !!


दिलमा उन्कै तस्बिर राखे मेटाइदियौ किन
कोमल यो मुटु मेरो रेटाइदियौ किन !!
Read more ...

एक जब्बर कालो रात

ओ हो !
यो के हो ?
चारैतिर अन्धकार नै अन्धकार
हुन सक्छ यहाँ कसैले चुक पोखेछ अथवा,
कसैले केहि ग¥यो होला
तर के हो ? थहा छैन  !!१!!
हे कालो रात !
तिमी आयौ मलाई देखाउन
ति तिम्रा भयङ्कर रुपहरु जसलाई देख्दा
म बेहोशी हुन्थेँ होला यदि म बच्चा भईदिएको भए
तर,
तर अब त्यसो हुने छैन किनकी
म अव डराउने छैन
चाहे तिमी धम्क्याउ / चाहे तिमी तर्साउ
तर अव मेरा यि मुटुहरु फलामका भईसके
जसलाई हल्लाउनका लागि एउटा लामो गल
के तिमीसँग होला त  ??२??
हे कालो रात !
अब त तिम्रा ति ठुला अनि काला
भयङ्कर रुपमा पनि आशा र विश्वाश देख्न थालिसकेँ
किनकी अब तिमीलाई बशमा पार्नु छ
अनि तिम्रा काला अधरहरुलाई चुम्नु छ
अनि सुन्दर बत्तिहरुले सिँगार्नु छ
के यो सम्भव होला त  ??३??
हे कालो रात !
आज भन्दा कैयौँ बर्ष पहिले पनि
यसै गरि आँउथ्यौ तिमी
जतिवेला रात पर्यो भन्दा भन्दै
सायद भाग्थेँ म
अनि त्यस पछिका अनेकौँ रातहरुमा
तिमी सँग भागेँ हुँला
बाटामा उभिएका काला ठुटाहरुले भुत बनि तर्साए होलान्
बाघ बनि झम्टन तयार भए होलान्
अनि,
बाटो हिँड्ने बटुवाहरुका मनमा भएका ढ्याङ्ग्रालाई
यति लामो लट्ठीले हाने होलान्  !!४!!


२०६८ पुष १७, आइतवार
Read more ...

टुटेको मुटु सँग तिम्रो सम्झना

बिस्तारै बिस्तारै समयको चक्र फेरिदो रहेछ हिजो साचेका सम्पूर्ण सपना हरु अनी हिजो भोगेका सम्पूर्ण बिपना हरु आज तासका महल झै ढल्दा रहेछन र पनि सम्पूर्ण आसा हरुलाई रित्याएर पनि देखावटी हासो हास्नै पर्दो रहेछ ।

कुनै दिन आफ्नो मन मुटु मा बसेको आफ्नो सबैभन्दा प्रिय मान्छेको तस्बिर हरु जब फेसबुक को भित्तामा देखियो तब खोइ म आफुले आँफैलाई सम्हाल्न सकेकै छैन उस्का लागि म कोइ होइन तर मेरा लागि हो उ को हो त्यो बिस्तारै बिस्तारै समयको चक्र फेरिदो रहेछ हिजो साचेका सम्पूर्ण सपना हरु अनी हिजो भोगेका सम्पूर्ण बिपना हरु आज तासका महल झै ढल्दा रहेछन र पनि सम्पूर्ण आसा हरुलाई रित्याएर पनि देखावटी हासो हास्नै पर्दो रहेछ ।

कुनै दिन आफ्नो मन मुटु मा बसेको आफ्नो सबैभन्दा प्रिय मान्छेको तस्बिर हरु जब फेसबुक को भित्तामा देखियो तब खोइ म आफुले आँफैलाई सम्हाल्न सकेकै छैन उस्का लागि म कोइ होइन तर मेरा लागि हो उ को हो त्यो शायद भगवानले मात्र अन्दाज लगाउन सक्छन बस म आफ्नो यो आधा सपना र आधा मन बोकेर बाच्दैछु या अझै भनौ म बाच्ने कोशीस गर्दैछु साथमा तिमीलाई शुभकामना जलेको मन मुटुको पिडा तिमीलाई कहिले पनि भोग्नु नपरोस भगवान सँग प्रथाना गर्न कहिले पनि छुटाउदिन । 

निदाउन खोज्छु निदाउन सक्दिन यता पल्ट्यो उता पल्ट्यो केवल उसकै याद र सम्झनाले घरि घरि सताइ रहन्छ आखिर मलाइ भगवान ले के को सजाँय दिदै छन् म आफुलाइ सम्हाल्न त सक्दिन नै न त उफ् म के गरौ आखिर मलाइ किन यति गहारो हुन्छ !

अल्झिरहेछु म तिम्रो त्यो प्रेममा जस्ले मलाई आज न घरको बनाएको छ न घाट को नै हो तिमीलाई त खासै कुनै फरक परेन होल किनकी तिमी मा त्यो सब गर्न सक्ने खुबी रहेछ जस्ले गर्दा नै म तिम्रो पछाडि आफ्नो सारा सपना हरुलाई कुल्चदै पछी लागे आफु र आफ्नो सारा… कर्तब्य लाई थाती राखेर तिम्रो माया म भुल्दा भुल्दै जब तिमीले आफ्नो असली मुहार देखायौ र जुन कुराको मार शहन नसकी म सारा जिबन्लाई अन्धकार को संसार मा नसा शहीत प्रबेस गर्न थाले । 

हो तिमी खुशी छौ आज किनकी म तिम्रो ठाउँ छाडेर धेरै टाढा पुगिसके तिम्रो मायाको हर मार लाई शहन गर्न नसकेर अनी तिमी र सँग सँगै बिताएका प्रत्यक पल लाई भुल्न नसकेर अनी तिमी सँग पल पल ह!सेर बसेक ति सुन्दर ठाउँ देख्दा आफ्नो ढुकढुकी बन्द हुने अवस्था बाट पार पाउन को लागि । तिमी लाई शुभकामना छ तिम्रो मुटु मा मेरो जस्तो पिडा कहिले पनि न गाडीयोस !



२०६८ पुष १७, आइतवार
Read more ...

आधिबेहरी ल्याउने अपरिचित प्रेमपत्र

कोठा मा झुन्डिएको रेडियो बाट बजी रहेको गजबको कार्यक्रम सुन्दा सुन्दै अचानक आफ्नो नाम सुन्दा गजब रमाइलो लाग्यो। रहेछ उनकै नाम मा प्रेम पत्र । सुन्दै गइन , सुन्दै गइन  अन्त मा थाहा भयो एउटा अपरिचित जसलाई चिन्न त के नाम प्रथम पल्ट कान मा परेको छ । 

प्रेम पत्र सकियो, चन्चल मन मा अझै चन्चलता नथपिएर अनुहार निलो कालो भयो, मुख सुक्यो अनी हात गोडा थर्थर काम्न थालयो सम्बेदनलाई अन्त गर्‍यो रेडियो आगन मा बज्रिन पुग्यो अझै पनि रेडियो बझ्दै थियो तर तेतिबेला उनले देखिनन केवल आफ्नै नजिक उभिएका उन्का सासु र लोग्ने अनी उनिहरुका हातहरुलाई जसले उनको टाउको मा छुन मात्र बाँकी थियो र रेडियोलाई आगन मा पुर्याइसकेको थियो। 

भोलिपल्ट बिहान आगन मा टन्न मान्छे जम्मा भएका थिए । सबैको मन मा एउटै कुरा थियो अनी भन्दै थिए -” बिचरी बिहे गरेको एक महिना भएको छैन के भएर आत्म हत्या गरेर मरेकी होली ?” उत्तर कोही सँग थिएन थियो त केवल निलडामले ढाकिएको बिभत्स लास मात्र ।।

२०६८ पुष १७, आइतवार
Read more ...
Designed By Basanta Subedi