ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Sunday, September 1, 2019

तिज पर्ब, मह्त्व अनी बिशेषता !

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ। भनिन्छ आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा बोलाएर मीठा-मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ। यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा-मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर टोल र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भएपनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले यस दिनलाई हर्षोल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ।
ब्रतकथा
पौराणिक कालदेखि चलिआएको तीजको ब्रतकथा यसप्रकार रहेको छ। यो ब्रतको महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो। हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गंगातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ। उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ। माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाग्निद्वारा शरीर तपायौ। साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ। तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे। तब एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो। तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ। तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ। यसबारे म तपाईंँको राय जान्न चाहन्छु।” नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो। श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन। उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ। यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून्। नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो। तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ। तिम्रो दुःखको कुनै ठेगान भएन। अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले।
तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ -’मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो। म विचित्र धर्मसङ्कटमा छु। अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन।’ तिम्री ती सःगिनी अति नै चङ्ख र समझदार थिइन्। उनले तिमीलाई भनिन् – ‘प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ। हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ। दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ। तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर पाउनुहुन्न। मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ।’ अनि तिमीले तिम्री सहेलीले भने झैँ गर्यौ। यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो। उहाँ सोच्न थाल्नुभयो – ‘मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने?’ यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य शुरु गराउनुभयो। यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ। भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ। रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ। तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ।
त्यससमय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर तिमीले भन्यौ – ‘मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु। यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस्। त्यसपछि “तथास्त्” भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ। भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामाग्री नदीमा सेलाई आफ्नी सहेलीसहित व्रतको समापन गर्यौ। त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो। तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो। तिमीले भन्यौ – ‘पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ। मेरो यो तपस्याको एकमात्र उद्देश्य माहादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो। आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु। म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ। अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाह गरिदिने भए मात्र म घर फर्कन्छु। तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो। केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो। भगवान शिवले अझ भन्नुभयो – हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन ब्रत बसेकी थियौ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो। यो ब्रतको महत्व यसकारणले पनि महत्वपूर्ण छ। जसले यो ब्रत निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ। यो ब्रतलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ। हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सथीहरू भन्ने हुन्छ। भगवान शिवले पार्वतीजीलाई भन्नुभयो – यस व्रतलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ।
महत्त्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो। आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ। यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ। तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ। महिलाहरूलाइ पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ।
ऋषिपञ्चमी
शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ। उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू छन। तर मूलतः ३६५ वटा दतिवनका डाँठ तोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ। वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ। नारीहरूले रातो टीका रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो। नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ।
तीज व्रतको दिन घरको कामकाजलाई चटक्क छोडेर नेपाली महिलाहरू स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर निस्कन्छन्। उनीहरूको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरू समेटिएका हुन्छन्। यसले महिलाहरूलाई सशक्त बनाउँछ। यी कुराहरू तीजको सकरात्मक पक्ष हो।
हाल विदेशमा रहेका नेपाली महिलाहरूले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ।
सन्दर्भ श्रोत: विकिपेडिया
Read more ...

Saturday, June 29, 2019

बिजारोपण एउटा यात्रा

साथी आज कतै घुम्न जाऊ न है ल ! 

एक शनिबार को बिहान तिमीले भनेकी थियौ अनि म निरस अनि एक्लोपनबाट गुज्रिदै दिन बिताउन पर्ने पीडाबाट मुक्ति मिलेको अवस्थामा खुसीले पुलकित भएको थिए त्यसदिन । 

मलाई आपत्ति भएन खाना खाए आफूलाई जतिसक्दो राम्रो देखाए अनि बाटो लागे तिम्रो घर हुँदै । 

घरमा कोही हुनुहुन्थेन मलाई च्याप्प अँगालोमा कसेर बिर्सन नसकिने मिठो माया दिएकी त्यो पल म कहिले भुल्न सक्थे र । मिठो मायाको आदान प्रदानसँगै चिटिक्क बनेर बसेकी तिमी अनि म त्यो शहर को भीडमा पसेको कहिले भुल्थे म। 

हाम्रो जाने टुंगो थिएन कहाँ जाने थाहै थिएन यति थाहा थियो हामी जादैछौ कतै कुनै रमाइलो ठाउ विशेष । शहर पस्नु अघि नै थाहा भयो राजनैतिक घटनाक्रमले अर्कै बाटो लिएको अवस्था श्रीजना भएको रहेछ शहर बन्द थिए । अब कता जाने आखिर हामी मायाको आसमा हिडेका मनहरू । हामीले गन्तव्य फेर्ने निर्णय गर्यौ चोकमै उभिएर तर अर्को गन्तव्य पनि जान सकिएन जताततै बन्द थियो । 

तिमीले नै सुझायौ हामी आएकै बाटो फर्किने त्यता कतै बस्ने । सल्लाह बमोजिम हामी फिर्ता त भयौ तर बस्ने जस्तो जाने ठाउ कतै भेटिएन । 

फेरि तिम्रै आग्रह आज तपाईंकोमा जाऊ न ल त्यतै दिनभर बसुला साझ हिडेरै भए नि आफ्नो घर पुग्न सकिन्छ । हामी त्यसै अनुरुप हिड्यौ मेरो डेरा नजिकै को मनोरम स्थललाई आँखामा कैद गर्दै कति रमेका थियौ हामी । त्यो सुन्दर हरियालीसँगै रम्दै तिमी कति छिट्टै मेरो काखमा लहसिएकी थियौमा कति आनन्दित भएको थिए तिमीभन्दा ज्यादा । 

तिम्रै प्रस्ताव जाऊ न साथी हजुरकै डेरामा । ठिकै छ आखिरमा एक्लो ज्यान को पो थियो र हुन्छा भन्नासाथ तिमी कति खुसी भएकी थियौ तिमीलाई याद छ नि है । मेरो डेरामा लान मलाई कुनै आपत्ति थिएन ! डेरामा पुगेपछि मिठो माया साट्ने कल्पना गर्दै हामी पुग्यौ । आखिर मेरो भन्नु नै यही डेरा त थियो यो बिरानो सहरमा अनि थियौ मात्र तिमी । डेरामा पुग्नासाथ प्रेम माया वातावरणमा उल्लास भर्दै तिमी मेरो काखमा लिप्त भएर बस्यौ म तिमी माथि प्रेम को वर्षा गर्न थाले । आखिर हामी स्वतन्त्र भएका थियौ सबैको नजरभन्दा बाहिर को त्यो प्रेम मय वातावरणमा तिमी कति खुसी भएकी थियौ मेरो प्यारमा डुबिरहदा । गर्मी को बेलाको लामो दिन थियो बिहानै देखि तिम्रो साथ पाएर समय बितिरहेको थियो । म प्रत्येक आग्रहलाई आज्ञाकारी बालकले झैँ हवस्मा बहिरहेको थिए । प्रेममा लिप्त भएर बस्दा बस्दै आँखाहरू लोलाइसकेका थिए । बस मनोरम वातावरणलाई शीतलता प्रदान गर्दै टेबल पंखाले आफ्नो कर्तव्य निभाइरहेको थियो । अनि तिमी म प्रति को अपार प्यारमा लिप्त हुँदै अर्कै संसारमा झुमिरहेकी थियौ । समग्र वातावरण पुरै शून्य भाव बोकेर हाम्रो उल्लासमा साथ् दिदै थियो ।

काठमाण्डुबाट आउनु पर्ने जहाज अलिक ढिला भएछ । सूचना आउदै थियो । जहाज आइपुग्यो । धावन मार्ग सार्है सुन्दर थियो लोभ लाग्दो थियो । त्यस्तै लोभलाग्दो ठुलो जहाज हाम्रो नजिकै रोकियो । तिमीले नै मलाई अगाडि लाग्न भन्यौ म यात्रामा अगाडि बढे । यात्रीहरू कुनै थिएनन खालि तिमी र म । समथर भूभागमा रहेको धावन मार्ग को छेउमा जहाजले इन्जिन स्टार्ट गर्यो । परिचारिकाको भूमिका निर्बाह तिमीले गर्यौ मिठो मिठाइ मेरो मुखमा राखिदियौ ! अनौठो स्वादले रोमाञ्चित भए म ! जहाजले धावन मार्ग प्रवेश गर्यो ! आहा कति धेरै आनन्दित मन ! जहाज को गति बढ्न थाल्यो ! तिम्रो आवाज मान्दै थियो ! साथी !!!! जहाजले धावन मार्ग नाछोडेकै बेला सुन्दर पर्वतहरू देखा परे आँखा नझिम्क्याई एकोहोरो हेरिरहे ती सुन्दर टाकुराहरू ! सुन्दर पर्वतहरू को स्पर्श आहा !! साथी !! ऊ सगरमाथा देखियो अनि कञ्चनजंघा पनिसँगै पो ! ओहो !! गौरीशंकर अनिसँगै अन्नपूर्ण पनि !! खुसीले पागल तिमी अनि तिमीलाई साथ् दिदै म ! एकैछिनमा अरुण को गल्छी देखियो सफा कञ्चन पानी बहदै रहेछ । रहरलाग्दो जंगल अलि अलि फडानी गरिएको भर्खर हिउ परेर सुन्दर सुकोमल टाकुराहरू ! 

परिचारिकाको मन्द आवाज आयो ! कृपया सुरक्षा को लागि पेटी बाध्नु होला ! सुरक्षा को चिन्ता मलाइभन्दा धेरै तिमीलाई थियो तिमीले सहयोग गर्यौ ! एसी को हावा पनि कति तातो उफ !! पहाडका सुन्दर टाकुराहरू बीचमा रहर लाग्दो झरनामा कल कल आवाज पातला जंगल मलजलको प्यासमा लोभिएको त्यो हरियाली ! आधा घण्टा को उडान !!

उफ भ्रम मात्र पो कताको अन्नपूर्ण देखिनु कताको सगरमाथा ! जहाजले धुलिखेल माथिबाट यात्रा गर्यो तिमी आफै अरुण को आसपास मा थियौ अनि सगरमाथा र हिमाल हरुलाई चुम्दै थिए म ! ऊ संतानेस्वर देखिन लाग्यो ! जाहजले उपत्यका प्रवेश गरिसकेको थियो ! ललितपुरका सुन्दर पहाड माथिबाट यात्रा गर्दै गर्दा तिम्रा आँखाहरू लोलाइरहेका थिए ! 

परिचारिकाको मन्द आवाज सुनियो कृपया जहाज पूर्ण रुपमा नरोकिउञ्जेल सुरक्षा पेटी ननीकाल्नुहोला ! जहाजले धावन मार्गमा टेक्ने लाग्दा तिम्रा आँखाहरू बन्द थिए ! जहाज रोकिनु अघि नै मैले सोधे कतै जहाज को अवतरण अगाडि नै दुर्घटना त हुदैन हामीले कतै यो यात्रा नगरेको पो हुनु पर्थ्यो कि ? तिम्रो उत्तर थियो म धेरै अगाडि देखि यो यात्रा को लागि तयार थिए सायद समयले आजकै दिन जुराएछ म अति खुसी छु यो यात्रा को लागि । 

मलाई सगरमाथा को स्पर्स गर्नु थियो अरुण को गल्छी अबलोकन गर्नु थियो अनि सुन्दर मुहानमा भएका अल्झन हरुलाई तोड्नु थियो आजको तपाईंको साथ्ले मैले बर्सौ देखि को यो रहर पुरा गर्न पाए म खुसी छु साथी ! जहाजले पूर्णत जमिनमा टेक्यो मैले आँखा बन्द गरे ! दिउसो को न्यानो घामले सगरमाथा को टाकुराबाट हिउ पग्लेर पानी बनेको थियो जुन मेलम्ची को बाटो हुँदै सुरुङ्ग मार्ग हुँदै सुन्दरीजल निस्किसकेको थियो र छिट्टै बागमती नदीमा मिसिन खोज्दै थियो ! 

जहाजले पूर्ण अवतरण गर्यो मैले बागमती नदितिर अबलोकन गरे बागमती को मुहानतिर अघि भर्खर ठुलै पनि परेछ ठुलो भेलाबाढिले बागमती को दाया बाया पखालेको थियो र ठुलो कल कल आवाजका साथ चोभार को गल्छीबाट बाहिर जादै थियो त्यति नै बेला यांग्री पिक को हिउ पग्लिएको पानी समेत सुन्दरीजल को निर्मल पनिसँगै खेल्दै बागमती को भेलमा मिसिएको देखे ।

२०७६/०३/१४ गते सनिबार
होलेरी, रोल्पा नेपाल

Read more ...

Saturday, April 27, 2019

प्रियसी को डायरी भाग - १

सँगै रहेको मोवाईल मा अचानक हिन्दी गीत वज्यो , तेरे साथ विना.....

सधैँ साईलेन्ट हुने मोवाईलमा अचानक गीत वज्दा तर्सिएँ । वहिनी हरु ले मोवाईल चलाँउदै थिए गीत वज्ने वनाईदिएछन् । मोवाईल हातमा लिएँ टचस्क्रिनमा उहि नाम  थियो कोड भाषामा उल्लेखित उहि नाम जुन नाम देख्नासाथ मुटुको गती अचानक बढ्छ श्वाश रोकिएला जस्तो लाग्छ ।

बहिनी लाई मोवाईल जिम्मा दिएँ भन्दे दिदि बाथरुम गाकी छे । बहिनी ले आदेश पुरा गरी ।

मन एक तमासको भो । उ अर्थात एउटा लोग्ने मान्छे । उमेर ले म भन्दा पाको भएर  पनि मै जस्तो चंचल।  खै भाग्य को खेला हो कि अचानक कहा बाट किन के का लागि उसको नाम अगाडी जोडिन आयो।  मन उसै एकोहोरो भइदियो सम्झना गर्दै मा।

भर्खर भर्खर जागिर सुरु गरेको थिए अनि संगै फेसबुक पनि चलाउन सिक्दै थिए।  खै किन हो संसार का आधा मान्छे ले फेसबुके दुनिया मा हराउने भइसक्दा पनि म कसरि अछुतो रहन पुगे होला बल्ल यसको लत लाग्न सुरु हुदै थियो।  हुन त म  बाबा आमा  कि प्यारी  छोरी मात्र नभएर जिम्मेबार सामाजिक तत्व समेत थिए।  म बुझ्झकि भइ सकेकी हुना ले बुबा आमा ले म माथि गर्नु भएको त्याग तपस्या अनि दुख को नालीबेली कसरि बिर्सन सक्थे र ! छोरी लाइ ठुलो मान्छे  बनाउने उहा हरु को सपना माथि तुषारापात हुन दिन सक्ने क्षमता पो कहा थियो र म सँग।  त्यसैले होला म अरु साथि हरु भन्दा पृथक स्वभाब कि  थिए।  साथि हरु का अगाडी अबिभाबक को जिम्मेबारी कुशलता पुर्बक निर्बाह गर्न सक्ने स्वभाब कि  थिए। 

जागिर अगाडी को समय कहिले लोक सेवा तयारि त कहिले कलेज को पढाइ मा अल्झिएकि म जागिर पछिको समय अलिक स्वतन्त्र हुदै पनि गए।  त्यसैले पनि केहि समय फेसबुक मा टहलिने बानि परेको थियो नै।  यस्तै मा एकदिन त्यहि मान्छे को तस्बिर साइड मा देखा पर्यो people you may know भनेर।  परिचित साथि हरु को सुची मा घेरिएको उक्त आवरण ले मलाइ मन मा कता कता काउकुति लगाइदियो।  साथि बनाउने बटन क्लिक गरे डराई डराई।  स्वाभाविकै थियो मैले पठाएको अनुरोध स्वीकार भयो।  उसका हरेक लेखाइ र तस्बिर हरु ले मन मा बिस्तारै  खेल्न थाले।  नछुटाई हेरे कता कता अनौठो लोभ जागृत हुन गयो। 

फेसबुक मित्रता च्याट बक्स मा पुग्यो उ सँग को पहिलो कुराकानी नै अनौठो रह्यो कता कता रिस उठ्दो जस्तो स्वभाब देखाइदियो तर खै किन हो उसले देखाएको त्यो स्वभाव ले मलाइ बिरक्त बनाइ सक्दा पनि उसलाई साथि को सुची बाट हटाउन सकिन।  बरु हर स्वभाव सँग परिचित हुदै जाने बानि पो पारेछु।  झन् परिचित झनै नजिक कता कता मन मा अनौठो काउकुति लाग्ने।  यत्तिका बर्ष कुशलता पुर्बक अबिभाबकीय जिम्मेबारी उठाएकी मलाइ उसको स्वभाव ले एकोहोरो पो बनाउन थालेछ।  आफुलाई झनै उसै प्रति समर्पित बनाउदै लगेको भान हुन थाल्यो।

दशैँ को बेला थियो घरमै थिए।  छुट्टी को बहाना अनि घर परिवार बाट छुट्टीदाको पिडा लाइ चाडपर्ब को माध्यम बाट परिवार सँगै रहन पाउदाको क्षण मा च्याट बक्स मै आफुले आवाज मै कुरा गर्न चाहेको र सम्पर्क नम्बर दिन गरेको आग्रह नकार्न सक्ने अवस्था मा थिइन म।  लामो समय देखि भावनात्मक कुरामा अल्झिएकि म च्याट बक्स को संसार बाट आवाज को दुनियाँ मा प्रवेश गरे।  उसको आवाज मा भएको त्यो सुमधुर पन अनि माया घोलिएको जस्तो लाग्ने बोलि मा कति मन्त्रमुग्ध हुन पुगे म अचानक।  यस्तो भान हुन थाल्यो म उसको आवाज सँगै आकाश मा छु खुल्ला आकाश मा स्वतन्त्र पंक्षी का रुपमा रुमल्लिएकी  छु।

त्यस पछिका हर समय र दिन हरुमा म  उसको आवाज मा हराउन थाले।  घन्टौ सम्म उसको आवाज मा हराइरहदा पनि मेरा भोक मेटिएको हुन्न थियो।  उसले अलिक ठुलो आवाज गर्दा अचानक आखा भरिन्थे उसले मायालु कुरा गर्दा छाती फराकिलो हुन्थ्यो म आफुलाई भाग्यमानि मान्दथे।

उसको आवाज को दुनिया काल्पनिक मात्र थियो।  त्यसमा दुइ कुरा हरुले भूमिका खेलका थिए।  एक त उसको आवाजको दुनियाँ र फेसबुक को दुनिया मा तस्बिर हेरेर मात्र आफु रमाउथे उसलाई प्रत्यक्ष भेट्न सकेकी  थिइन।  अर्को मेरो परिवार को चाहना बिपरित म भावना मा बहदै थिए।  परिवार कै चाहना मा अल्झिएर बिहे गर्ने बचन समेत दि सकेकी थिए।  तर  म कतै पारिवारिक चाहना लाइ कुल्चिएर उसैको दुनियाँ मा  हुन्छु कि भन्ने चिन्ता ले सताइरहन्थ्यो।  पारिवारिक चाहना ले श्रीजित कथा को पात्र सँग मेरो प्रत्यक्ष भेट समेत भइ सकेको र  हेर्दा आकर्षक तथा राम्रो आम्दानि समेत गर्ने उक्त पात्र सँग मोबाइल मा गफ गरिरहदा समेत पारिवारिक चाहना बाहिर को आवाज को दुनियाँ मा हराउने बानि परिसकेको म कतै ठुलो दलदल मा डुबी पो सके कि जस्तो ग्लानि अनुभूत भइ रहदा मेरो अक्षम्य गल्ति लाइ कसरि निराकारण गर्न सक्छु भनि उपाय हरु समेत खोज्न थालिसकेकी थिए। 

समय ले अझै जटिल मोड उत्पन्न गरायो।  मलाइ आवाज को दुनियाँ बाट टाढा हुनु भन्दा उसको भौतिक उपस्थिति को आवस्यकता बोध हुन थाल्यो।  उसले आवाज को माध्यम बाट म माथि खन्याएको अपार माया , स्नेह अनि हरेक असहज परिस्थिति लाइ सहज बनाई दिन हर बखत गरेको सहयोग र हौशला ले मलाइ उसको भौतिक उपस्थिति को चाहाना घनिभूत हुदै गयो।  म आफै उक्त संयोग को लागि उसैसंग आग्रह अनि भगवान सँग प्राथना गर्न थाले।  उसका हरेक आवाज ले उसको माया मा लुटपुटिन अनि संसार कै खुसि उसै सँग खोज्न मन लाग्न थाल्यो।  उसको आवस्यकता बोध ले मा छटपटिन थाले।

समय बलवान हुन्छ कसैको बसमा रहदैन तर समय लाइ कब्जा गरे मैले।  सायद मनका असिमित चाहना र इच्छाशक्ति ले समय लाई जित्न सक्ने रहेछ।  त्यो एकदिन जब आयो त्यो दिन ले मलाइ दिएको छटपटि कति पिडादाएक थियो।  काली म तिम्रो आग्रह लाइ स्वीकार गरि तिमीलाई भेट्न आउदैछु।  उसले म भन्दा सयौ किलोमिटर टाढा बाट गरेको यस्तो मोबाइल संदेश ले म कुन हालत मा पुगेको थिए मेरो अनुहार कति हेर्न लाएक बनेको थियो होला म कल्पना समेत गर्न सक्दिन।  उसको यात्राको समय भर म निदाउन सकिन।  अनिदो रहेर नै उसको आगमन को प्रतीक्षा मा कति तड्पिएकि थिए म। उसको मायालु स्पर्श को भोक मा कति जलिसकेकी थिए।  बिहानी पख आखा लाग्नै लाग्दा काली म अब दुइ घण्टा मा आइपुग्छु भन्ने उसको मोबाइल संदेश ले म भित्र कति बेचैनी थपिदियो उसलाई भेट्ने आतुरता मा मैले कति पल्ट मुख धोए कति समय लगाएर नुहाए मैले कुनै कुरा याद गर्ने सकिन।  जब उसले बसपार्क उत्रिएको खबर गर्यो त्यसपछि मलाई अर्को समस्या ले पो सतायो।  मेरो पारिवारिक चाहना ले श्रीजित कथाको पात्र जसले मलाइ बिहान बेलुकै फोन गर्थ्यो अब मेरो आवाज को दुनिया म सँग हुदा पनि उक्त पात्र को फोन आउदा उसलाई कति असहज लाग्दो हो। मन भत्भति पोल्यो तुरुन्त उक्त पात्र को मोबाइल नम्बर मेटाए।  कमसेकम मोबाइल मा आएको फोन को पात्र को नाम त नदेखोस उसले।  मोबाइल मा भएको उक्त पात्र को नाम नम्बर उसको मोबाइल संदेश आएका कल डिटेल सब मेटाए मन अलिक हल्का भयो।

बसपार्क मा उसले कुरिरहेको स्थान मा पुगे।  मेरो आवाज को दुनिया जसको बोलि मात्र सुन्न कति समय कुरेर बस्थे कति छटपटिन्थे।  उसके जिस्काएको हसाएको रुवाएको हरेक पल हरु लाइ स्मरण गर्दै उसको अगाडी जब म पुगे मेरै रोजाइको उसलाई असाध्यै सुहाउने पहिरन मा उभिएको मेरो मन को मान्छे आखा सामु पर्यो।  मुसु मुसु हास्दै मलाइ हेरिरहेको मेरो मान्छे देख्दा मुटु को धड्कन कति तेज भयो म अनुमान गर्न सक्दिन अहिले।  काली सन्चै छौ नि ? हेर त म आए तिम्रो आग्रह नकार्न सकिन काली !!

के भयो दिदि ? बहिनि को आवाज ले म तन्द्रा बाट बिउझिए जस्ती भए।  त्यो मुसु मुसु हास्ने मेरो मान्छे को असाध्यै याद ले गाहारो भयो।  ओहो अगि किन बहिनि लाइ फोन उठाउन दिएर बाथरुम गाकी छ भन्न लगाए मैले ? आफैलाई ग्लानी भयो।  उसलाई कति याद आको थियो होला एकैछिन नबोल्दा कति तड्पिने मेरो मान्छे लाइ मैले आफै अगाडी बसेर ढाट्न लगाए।  मन अमिलो भयो आफै कल गरे। तर मैले गरेको कल कहिले उठाउदैन जहिले काटेर आफै गर्छ। कति केयर गर्छ कति माया गर्छ।  उता बाटै कल आयो तिमीलाई कस्तो छ काली ? बस मेरो मुटु झन् जोड जोड ले धड्किन थाल्यो कता कता आखा भारी जस्तो हुन थाल्यो ! असाध्यै माया को आभाष हुन थाल्यो।


२०७६ बैशाख १४ गते शनिबार अपरान्ह ५.०० बजे
होलेरी, रोल्पा, नेपाल। 
Read more ...

Friday, March 8, 2019

नारी दिवसको सेरोफेरोमा


ओहो ! आजकल त के हो ? दाँया वाँया लाग्ने त निकै छन् नि ? (केटी साथीहरु लक्षित भनाई )

आजकल त विदाको दिन खुवै डेटिङमा नै वित्छ नि है? (मेरा लागि प्रश्न )


यस्ता प्रश्न र प्रसङ्गका प्रहार मैले धेरै पटक सहेको छु , शायद अव त वानि नै लागिसक्यो । म दिनहुँ मेरा धेरै साथिहरुलाई भेट्छु त्यसमा कति केटा साथी छन् त कति केटी साथीहरु ! मेरो नजरमा साथी साथी नै हो न केटा न केटी ! साथीमा पनि जात , वर्ण ,लिङ्गको उपस्थिती मलाई मन पर्दैन । म केटा साथीहरुसँग जति वोलौ जति कुरा गरौँ जति सँगै बसौँ त्यसमा कसैलाई नराम्रो हुदैन तर जव म मेरा केटी साथी सँग हुन्छु सवैका आँखा मै तिर हुन्छन् अपराधी लाई पक्रन खोजेको जस्तो ! यो किन हुन्छ ? के केटा मान्छे र केटी मान्छे राम्रो साथी बन्न हुदैन र ! आखिर त्यस्तो दोष के छ केटी मान्छेमा जसलाई साथी मात्र बनाउदा पनि गल्ती हुन्छ ?अर्को प्रसङ्ग , म र अर्को साथी एक साँझ लगनखेलबाट चापागाउ आउदै थियौँ , बस स्वभाविक रुपमा खचाखच थियो । सिटमा बसिरहेका थियौँ ,यत्तिकैमा दुईजना वहिनीहरु बसमा चढे र हाम्रो नजिकै उभिन आइपुगे । टिन एजमा हिड्दै गरेका ति वहिनी हरु पुरै नसामा थिए , एउटी भन्दै थिई ‘आज त्यो रेष्टुरेन्ट नजाउँ भन्दा तलाई भएन अब बुढी (सायद आमा) ले मार्छे’ अनि प्रत्युत्तरमा अर्की बोली ‘ट्राई इज वेस्ट ! लाइफमा सवै कुराको एक्सपेरियन्स लिनुपर्छ यार !’ उनिहरु निकै वर्वराउदै थिए वेला वेलामा हामी बसेको सिटतिर ढल्न आइपुग्थे हामी संहालिदिन्थ्यौँ । सिटमा बस भन्दा हामी सिटमा बस्दैनौ भन्दै थिए पछि कता उत्रिए खै सकुशल घर पुगे कि पुगेनन् । अघिपछी त्यो अवस्था केटाहरुले कतिपल्ट देखाएका थिए खाशै केही लाग्दैनथ्यो शायद उनिहरु केटी भएकाले नै त्यहाको माहौल नै अर्कै बनिदियो ।प्रसङ्ग निस्किरहन्छन् पुरुषका लागि ‘मर्दकी दशवटी’ अनि अली अगाडी बढ्न चाहने नारिका लागि एउटै शब्द काफि छ ‘पोथी वासेको’ । मैले सानैमा सुनेको पोथी वास्यो भने मतलव करायो भने तुरुन्त काटेर धुरी नगाउनु पर्छ रे ! तर आजसम्म आफ्नै आँखाले चै त्यो देखेको छैन । अब यहाँ अलि अग्रसर नारीको आवाज लाई पोथी वासेको सँग संयोजन किन गरियो त्यो गर्नेले नै जानुन् । यहाँ यतिसम्म हुन्छ आफ्नै सन्तान एउटा छोरा मान्छेले हप्तौँ बाहिर बस्दा त्यहाँ एउटै कुरा हुन्छ छोरा मान्छेले बाहिर फेर डुल्नु पर्छ घुम्नु पर्छ अनि उहि सन्तान छोरी साँझमा घर फर्किन ढिलो भयो भने बाउआमाको त कुरै छाडौँ त्यहि हप्तौ वाहिर विताउने दाजुको समेत हप्की सहनुपर्छ । आखिर हप्की खान मात्र पाउछन् ।नारी दिवसको सेरोफेरोमा मलाई केहि प्रसङ्ग कोट्याउन मन लागेको छ आखिर नारी दिवस कसका लागि ? गाँउमा हुनुभएका आमा दिदी बहिनी अनि भाउजु हरुलाई नारी दिवस आए पनि नआए पनि मनाए पनि नमनाए पनि के फरक पर्छ र ! शहरमा भएका आधुनिकता र स्वतन्त्रताको सक्दो उपयोग गर्ने यूवतिहरुलाई नारी दिवसले के फरक पार्छ र ! परिवारको हिंसा अत्याचार र पिडा लाई सहेर बसिरहेका नारीहरुलाई पनि नारी दिवसले के गर्न सकेको छ र ! अनि त्यही पिडाबाट बच्नका लागि शहरसम्म पुगेका र कामका खोजिमा भौतारिएका नारिहरुलाई पनि नारी जसलाई आफ्नो र परिवारको पेट पाल्ने अभिभारा नै ठुलो छ । अनि रत्नपार्कमा दिउसै ग्राहकको प्रतिक्षामा बसिरहेका ति नारीहरुलाई नारी दिवसले के दिएको छ जसको प्रत्येक पलपलमा मोलमोलाई भईरहेको हुन्छ के त्यो नारीको रहर हो र ! विवशता र गरिवीले घेरिएको जिवनमा अभावरुपि बादललाई हटाउन जति खोजेपनि नसकेपछि देह व्यापारमा लागेका ति नारीहरुको वेदना कसले सुनिदिएको छ र ?यसपालिको नारी दिवस पनि धुमधाम होला मनाउनेको आखाले हेर्दा मात्र ! नेताहरुबाट ठुला ठुला भषण पनि होलान् । मलाई झट्ट एउटा हस्यौली को याद आयो ः एकपटक एक जना ठुला नेताजी जनतासामु भाषण छाँट्दै थिए ‘आदरणिय जनसमुदाय , म युवाको कुरा बुझ्न सक्छु किनकी म एकदिन युवा थिएँ, म विद्यार्थीको कुरा बुझ्न सक्छु किनकी म एकदिन विद्यार्थी थिएँ , म किसानको कुरा बुझ्न सक्छु किनकी म एकदिन किसान थिएँ, म मजदुरको पिडा बुझ्न सक्छु किनकी म एकदिन मजदुर थिएँ , म महिलाको पिडा बुझ्न सक्छु किनकी म एकदिन महिला थिएँ !’ भिडबाट तालिको गड्गडाहट आयो । वस् नेताको काम भाषण गर्नु हो नारी दिवसको दिन पनि भाषण गर्छन् नारीलाई पुज्नुपर्छ नारीलाई सम्मान गर्नुपर्छ नारी महान हुन्छन् । अनि घरमा सरकारले दिएको खर्चमा राखिएकी सहयोगी केटिले पेटभरी पनि खान नपाएको अवस्था त्यहा हुने गर्छ । नारी दिवसले यहाँ कतिलाई नेता बनाएको छ कैयौँ एनजिओ हरुलाई डलर पचाउने सौभाग्य जुटाईदिएको छ वस् त्यती हो । नारी दिवस मनाउन घरबाट निस्कन लाग्दा एउटा नेतृ अर्की नारीलाई अर्डर गर्दै भन्छिन् मेरो साडिमा छिटो आईरन गरिदे म नारी दिवस मनाउन जानुपर्ने छ उनि जान्छिन् दिनभर सभा, गोष्ठि, सेमिनार, जुलुस कति कतिमा अनि वेलुका तिनै अर्की काम गर्न राखिएकी नारी माथी आफ्र्नो असली रुप देखाउछिन् । आखिर के हुन्छ नारी दिवसले यहाँ ! नारीहरु महान् हुन्छन् । एउटै नारी विभिन्न रोलमा बस्छिन् ( आमा, दिदी, वहिनी, भाउजु, श्रीमती, एउटा राम्रो साथी । यहां एउटा नारी र अर्को नारी विचनै भेदभाब भइरहेको छ । एउटा नारीले अर्को नारीमाथी थिचोमिचो गरीराखेको हुन्छ । किन बुझ्न सक्दैनन एक अर्कालाई नारी भएर ! ! मलाई लाग्छ नारीहरु मायाका खानी हुन् । एउटा आमाले आफ्नो सन्तानलाई कति माया गर्छन् अनि संसारमा अधिकांश नारी ढिलोचाडो आमा बन्छन् । अधिकांश आमा बन्न सक्छन् भने सवैले आमाको माया पनि गर्न जान्दछन् तसर्थ नारीलाई सम्मान गर्नुपर्छ । अब यस्तो नारी दिवस मनाऔं जहां सवै नारीहरुले खुशि बांड्न सकुन् । कुनै पनि नारी माथि भेदभाव नहेस् । पेट पाल्नको लागि कुनै पनि नारीले आफ्नो अस्मिता वेच्न नपरोस् । नारी खुशि भएमात्र संसार खुशि हुन्छ । नारीहरु खुशि होउन् । बस् यस्तै नारी दिवसको प्रतिक्षा र चाहनामा ...........



Read more ...
Designed By Basanta Subedi