ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Monday, December 21, 2009

नयाँ नेपालको रुपरेखा

गणराज्यहरु घोषणाको लहर चलेको छ माओवादीकै भनाईमा ! विशाल जनसभा विच घोषणा भएका गणराज्यहरु देख्दा लाग्छ साँच्चै महान नेपाली जनताले महान क्रान्ति वाट महान नयाँ नेपालको चाहना राखेका छन् प्रचण्डकै भनाईमा ! हालैका दिनमा प्रचण्ड शेर्पा र नेवाः भेषमा देखा परे त्यो पनि गणराज्य घोषणाका लागि । सोलुमा गएर शेर्पाको भेषमा प्रस्तुत हुदा त्यहाका शेर्पा हरुले उनलाई साँच्चै शेर्पाका रुपमा पाए होलान् अनि काठमाण्डौका नेवाः समुदायले नेवाःकै भेषमा देख्दा आफ्नै प्रचण्ड पाए होलान् हुन पनि प्रचण्ड ज्यु जस्ता महान नेता महान नेपाली जनताका महान साझा नेता न हुन् । महान नेपाली जनताका महान नेता जातिय भेषमा प्रस्तुत हुदा जति सुहायो नि त्यती सुटपेन्टमा सजिदा सुहाउदैन नै !! आखिर माओवादीले खोजेको महान नेपाल गणराज्यहरुको महान उपस्थितिले नै सिर्जना हुन्छ त? अनि जताततै व्याप्त हत्या, लुटपाट, झडप, सम्पती कब्जा नया नेपालको आभाष यहि नै हो त? यदि त्यसरी नै नेपाल नयाँ वन्छ भने त के भन्नु छ र ! नत्र देशको अन्तरिक सिमाना परिवर्तन गर्दैमा प्रशाशनिक संरचना परिवर्तन गर्दैमा नेपाल नयाँ हुन सक्दैन । नयाँ विचार नयाँ सोच अनि शान्ति विनाको नयाँ संरचनात्मक परिवर्तन केवल प्रचण्ड ज्यु को हरेक नयाँ गणराज्य घोषणामा जाँदा परिवर्तन गर्ने महान भेषभुषा जस्तो नयाँ पो बन्ने हो कि?

२०६६ पुष ६, सोमवार

कान्तिपुर दैनिक र नागरिक दैनिकमा पाठक प्रतिक्रियामा प्रकाशित


Read more ...

साहित्यको विकास

विष्व मानचित्रमा एउटा भु–परिवेष्टित राष्ट्रको रुपमा परिचित नेपाल जुन विष्वका अधिकांश समुदाय एवं ब्यक्तिका लागि उपयुक्त गन्तब्यको रुपमा परिचित छ । सानो देश भएर पनि प्राकृतिक सौन्दर्यताले गर्दा पर्यटक भित्रयाउनमा अग्रणी नेपाल एकातिर प्राकृतिक सौन्दर्यले सिँगारिएकै छ अर्कातिर यहाँको विविध धर्म, संस्कृति, परम्परा, सामाजिक मुल्य र मान्यता, सांस्कृतिक धरोहर एवं कला र साहित्यको विशिष्टताले पनि उपयुक्त स्थान बन्न सफल रहेको छ ।

हामी नेपाली पैसाले गरिव छौँ अन्तराष्ट्रिय ब्यापार एवं आर्थिक कृयाकलाप को अध्ययन गर्दा गरिवीले चेपिएको देखिएता पनि अन्य विविध क्षेत्रमा भएको विविधताले गर्दा सम्पन्न छ । कला, संस्कृति एवं साहित्यको उच्चत्तम विकासले गर्दा सम्पन्नताको आभाष गराँउछ । सम्पती भन्नु केवल पैसा होईन यो त केवल केहि क्षणको सञ्तोष हो । विष्वको अदितिय कला नेपालमै, प्राकृतिक सौन्दर्यता नेपालमै, अदितिय संस्कृती नेपालकै ! हो वास्तवमा हाम्रा अमुल्य सम्पती यिनै हुन् । आजका वैज्ञानिक उपलब्धी ले समेत पत्तो पाउन नसक्ने समयमा बनेका कला ज्युँ का त्युँ  पाईन्छ, विचित्र छ अनी नेपाल र नेपाली कै पहिचान दिने छ ।

कला र संस्कृती ले धनि देश नेपाल जहाँ वैज्ञानिक उपलब्धी कती हुनुपथ्र्यो त्यो हामी अनुमान गर्न सक्छौँ । अरनिको जसको कला लाई विष्वमा अदितिय रुपमा मानिन्छ, त्यतीवेलाको परिस्थिती जतिवेला संसारको कति स्थानमा विज्ञान के हो पत्तो थिएन तर त्यतीवेलाको परिस्थिती मा पनि नेपालले धेरै वैज्ञानिक उपलब्धी प्राप्त गरिसकेको थियो थहा हुन्छ त्यती वेला नेपालले आफ्ना कला लाई संसारका कति स्थानमा निर्यात गरेको थियो हो तर आज त्यही नेपाल संसारमा पिछडिएर हिँड्न विवश छ । हजारौँ वर्ष अगाडी वेद पुराणको रचना गर्ने आर्यहरुको चर्तिकला आज ओझेल मा पर्न खोज्दैछ । आफैमा विचित्र साहित्य वेद पुराण आज संसारमा अस्तित्व मात्र लिएर वाँचेका छन् । मानव जिवन र जगत् सम्वन्धी वृहत ज्ञान दिने यि वेद र पुराण हरु लगभग आजका वैज्ञानिक उपलब्धी का श्रोत नै हून् तर पनि पछि परेको साहित्यको चर्चा गर्नू अति आवश्यक छ संरक्षण गर्नू अति आवश्यक छ । आफ्नो कला, संस्कृती, साहित्यलाई उचित स्थान दिन सकेको भए आज नेपालले अशान्ति, हिँसा एवं पिछडिएर बस्नू पर्ने थिएन तर यहाँ साहित्यको सम्मान गरिएन उचित रुपले हेरिएन बरु दवाउने काम गरियो । त्यसैले गर्दा यहाँ केवल जनता मात्र कुण्ठित भएनन् यहाँका साहित्य,कला र संस्कृती पनी कुण्ठित भए पछि परे ।

कुनै पनि देशको विकाशका लागि त्यस देशमा रहेका कलाकार एवं साहित्यकार, वैज्ञानिक एवं विद्धानको सम्मान हुनुपर्छ । साहित्य समाजको ऐना हो जसले समाजलाई सहि वाटो हिँडाउछ समाजका कुरिती, कुसंस्कार एवं नराम्रा गतिविधी लाई अन्त गर्न मद्धत गर्छ । साहित्यले मन लार्इृ आनन्द दिन्छ र ब्यक्तित्व विकासमा  पनी विशेष भुमिका राख्दछ ।

तसर्थ हामी पनि सके सम्म साहित्यको श्रृजना गरौँ । श्रृजना आफैँमा महान हुन्छ । यस महानत्तम कार्य का लागि तत्पर हाऔँ साहित्यको विकास गरौँ, सभ्यताको विकाश गरौँ । शान्तिका लागि साहित्यको विकास गर्न कम्मर कसेर लागि परौँ.....।


२०६६ पुष ६, सोमवार


Read more ...
Designed By Basanta Subedi