ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Thursday, October 12, 2017

दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?

दुखैमा बाच्छौ भने बाचि देउ के छ र ?
सुन्दर जिबन लौ भाची देउ के छ र ?

पिडा तिमीलाई चाहिन्छ भने संगाल
खुशी अर्को जुनिलाइ साचिदेउ के छ र ?

खरानी नै बन्नु छ भने मै बनी दिन्छु
भाग्यमानी बनी हासिदेउ के छ र ?

दु:खमा साथ दिन्छु मेरै गल्ती हो भने
काख दिनेलाई मासिदेउ के छ र ?

मेरो साथ आसु झार्ने पल भएपछी
जवानी अन्तै तिर गासिदेउ के छ र ?

सम्झना ताजा राख्दा गहारो पर्छ भने
मन बाट टाढा भासिदेउ के छ र ?

२०७४ असोज २६, बिहिवार
Read more ...

Monday, October 9, 2017

मेरो जिबन लाइ तिम्ले खालि बनायौ.....

यो गजल मिति २०६५/०९/१७ मा चापागाउ ललितपुर मा रहदा लेखेको थिए ! डाएरी मै अल्झेको थियो आज सार्बजनिक गर्ने मेसो बनाएको छु ! गजल लाइ बाचन गरि आफ्नो अमुल्य सुझाब अनि माया प्रदान गरिदिनुहुनेछ भन्ने आशा राखेको छु ! मेरो गजल सुरु हुन्छ यसरि :-
मेरो जिबन लाइ तिम्ले खालि बनायौ
माया दिने मन लाइ लौ जाली बनायौ !!
चोखो मन को सधै किन गर्छौ  बखान
प्रेम का शब्द हरु तिम्ले गालि बनायौ !!
हराभरा भइ मैले फुल बन्न खोज्दा
बतास ल्याई भाचिएको डाली बनायौ !!
पवित्र नाता जोडी जुनी बिताउ भन्दा
अर्कैलाई तिम्ले दिलको माली बनायौ !!
शब्दमा भनिदियौ तिम्रै साथ मा बाच्छु
जिबन अर्कैको हालीमुहाली बनायौ !!
२०७४ असोज २३, सोमवार
Read more ...

Thursday, September 21, 2017

झोला नेपाली फिल्म


वास्तविक सत्य घाटनालाई चित्रण गरि बनाउदा एकदमै मार्मिक छ र यो फिल्म हेर्दाखेरि आनन्द लिनु भन्दा भित्रैदेखि मनरुलाउछ अनि पुरानो इतिहासको पाठ सिकाई अजै समाजमा भयका कुर्रितिलाई निर्मुल पार्न टेवा पुर्याउछ धन्यवाद पुरा टिम तथा युटुबमा उपलब्ध गरिदिनु भयकोमा

Read more ...

Wednesday, September 20, 2017

अतृप्त सपना-'आधुनिकताको आडमा'-

आज पनि उसको फोन उठाउन कर लाग्यो । किन किन उसको आवाज सुन्न नपरे पनि हुन्थ्यो जस्तो लाग्छ । अनी कहिलेकाही फेरी लाग्छ उस्को आवाज सुनिरहुँ अझ धेरै धेरै । किन दोधार हुन्छ मेरो मन त्यो त बुझ्न सक्दिन कहिले पनि !
ल्याङ्वेज सेन्टर गको थिए अंग्रेजी अलिकति सुधार ल्याउनुपर्‍यो अनी पछि टोफेल/आइएलटिएस् गर्नुपर्ला । आखिर मेरो सपना भन्नु नै बिदेशी भाषामा दख्खल बनाउनु अनी उतै अमेरिका, बेलायत, क्यानडा अथवा अस्ट्रेलिया मै बस्ने दामी केटा सँग घरजम गर्नु ।

मैले उसलाई कति भने म संग किन सम्बन्ध बढाउनुहुन्छ? तपाई र मेरो कुनै हैसियत नै मिल्दैन ।
उसलाई सिधा भन्दिएको थिएँ-'अरु त त्यस्तै हो, तपाईंको काठमाडौंमा घर त छैन' र पनि उस्ले मन दुखाएन । हुन त उसैको कमजोरी त हो नि आजको जमानामा आएर पनि म डिग्रीसम्म पढेकी एऊटी केटीको सपना के के हुन्छ भनेर नबुझ्ने ! अँझै भन्छ मलाई तिमी चाहिएको छैन चाहिने पनि होइन मलाई तिम्रो सिर्फ सम्झना अनी मित्रवत् व्यवहार भए पुग्छ । खोइ के भए पुग्ने रहेछ जान्न सक्दिन ।
सामान्य परिचय हो हाम्रो । प्रविधिको प्रयोग फेसबुकबाट सुरु भएको हाम्रो चिनजान बिस्तारै बाक्लिएको त पक्कै हो ।
किन बाक्लियो? म त्यो पनि खोतल्न सक्दिन र खोतल्न जरुरी पनि लागेन मलाई । उसलाई मबाट के लिनु छ त्यो उसैको कुरा होला । मैले त्यो भन्दा केही पनि सोचिन । लामै चिनजान् भन्नुपर्छ आजकालको कस्मेटिक मित्रता केही दिनको लागि मात्र न बन्दछ ।
त्यसमा पनि फेसबुक मित्रता केही घण्टा मै टुट्न पनि सक्छ, केही दिन रहन पनि सक्छ तर उसको र मेरो सम्बन्ध एक किसिमले भन्दा अनौठो नै मान्नुपर्छ । केही घण्टा, केही दिन, केही महिना भन्दा पनि माथि केही बर्षको ईतिहास बोकिसकेको हाम्रो यो चिनाजान वा मित्रतालाई म कुन अर्थमा राखुँ ! मैले प्रत्यक पल्टको भेटमा भनेकै हो-'अब मलाई नभेट्नुस् मलाई जरुरी लागेकै छैन !'
किन मलाई उसले आफु भन्दा धेरै माया गरेको अनुभुति दिलाउँछ भन्न सक्दिन । अझै उसका प्रत्येक शब्द मलाई नै मन हुडल्ने खालका हुन्छन । खोइ किन केको अनुभुती हुन्छ हुन्छ !

२०७४ असोज ४, बुधवार
Read more ...

देश बिगारे नेता ले ..


लंका फेरिएर आज कतार भा' छ 

देश निली सक्न नेता लाइ हतार भा' छ 
पुर्बिया र पस्च्चिमे को के कुरा गरु खोइ 
धर्म संस्कृति र पहिचान लतार पतार भा' छ !!
Read more ...

Wednesday, September 6, 2017

लघु उद्यम, लघुबित्त र वित्तीय सहकारी

लघुवित्त को अवधारणाको विकास सन् १९८३ मा मोहम्मद युनुसले वंगलादेशमा ग्रामीण बैंकको स्थापना गरी सञ्चालन गरे सँगै भएको मानिन्छ । उनले ग्रामीण बैंकको रुपमा बंगलादेशमा लघुवित्तको सफल अभ्यास गरेको आधारमा २००६ को नोवेल पुरस्कार समेत प्राप्त गरेका छन् । यसै अवधारणा ल्याटिन अमेरिकी देशहरुमा एसिओन र भारतमा सेवा बैंकले गरीब समुदायमा वित्तीय सेवाको पहुँच बढाउँदै आयआर्जनको र  लघुवित्तको माध्यमबाट अवलम्बन गरेको पाइन्छ । 

लघुवित्त सेवाको प्रवाह चार किसिमका स्रोतहरुबाट हुने गरेको छ । ग्रामीण वा लघुवित्त विकास बैंकहरु, सहकारी संघसंस्थाहरु, गैरसरकारी संस्थाहरु र साहु महाजन तथा पसलेहरु । सहकारी संघ संस्थाहरुको पहुँचमा विस्तार हुँदै गएपछि र समुदायको स्व–व्यवस्थापनमा निर्णय गर्ने अधिकार समेत स्थानीय समुदायमा रहने आधारमा विगतका वर्षहरुमा विकासोन्मुख देशहरुमा सहकारी संघसंस्थामार्फत लघुवित्त कार्यक्रमहरु परिचालन गर्ने प्रचलन बढ्दै गएको हो । 

लघुवित्त अन्तर्गत गरिएको कर्जा लगानीको असुली दर ९७ देखि ९९ प्रतिशतसम्म रहेको पाइन्छ । यसका लागि सहकारी संस्थाहरु प्रभावकारी माध्यम हुने अभ्यासबाट प्रमाणित भएको छ । विशेष गरी सहकारी संस्थाहरुको पहुँच जनताको घरदैलोसम्म रहेको हुन्छ । यसले बचतको सुविधा समेत दिएको हुन्छ । जबकी गैरसरकारी संस्थाहरुले लघुवित्त कार्यक्रम अन्तर्गत कर्जा लगानीको काम मात्र गर्दछन् । सहकारी संस्थाहरु स्वयम्सेवी प्रकृतिका हुन्छन् । सहकारीहरु सामान्यतया पूँजी निर्माणका लागि अन्य निकायमा भर पर्दैनन् । सदस्यहरुको दीगो आर्थिक क्षमता निर्माणमा गराउन आय आर्जनका क्रियाकलापहरु वा लघु उद्यम / व्यवसायहरुको सञ्चालनले यिनको योगदान प्रभावकारी रहेको हुन्छ । सहकारी संस्थाहरुको सञ्चालनमा ज्यादै कम लागत भएकोले सहकारी संस्थाहरुमार्फत लघु उद्यम / लघुवित्त कार्यक्रमको सञ्चालनमा गरीब समुदाय थप लाभान्वित हुन्छन् । समुदायकै व्यवस्थापनमा कार्यक्रम सञ्चालन गर्दा जनसहभातिा जुटाउन पनि सहकारीलाई ज्यादै सजिलो हुन्छ ।

वित्तीय कारोबार गर्ने सहकारीहरुमा समेत सामान्य सहकारीमा झैं नियमित अनुगमनको अभाव, कुशल व्यवस्थापनको कमी आदि समस्याहरु हुने गर्दछन् । त्यस्तै लघुवित्त कार्यक्रममा लागत बढी लाग्ने साथै बाह्य पूँजी भएकाले चर्को व्याजका कारण गरीब वर्ग झन गरीब बन्ने गरेको आधारमा लघुवित्त व्यवसायको आलोचना पनि भएको पाइएको छ । सहकारीमार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दा धेरै पक्षहरुको विश्लेषण वा ध्यान पुर्याउनु पर्ने हुन्छ । सहकारीको व्यवस्थापन सहकारीका सिद्धान्त तथा मूल्यहरु, प्रचलित सहकारी र सम्बन्धित कानुनहरु र वित्तीय कारोबारका मापदण्डहरु बमोजिम सञ्चालन भएको हुनु पर्दछ । सहकारीहरुले आफ्नो कारोबारको अनुगमन र सुपरीवेक्षणका लागि आन्तरिक र बाह्य प्रणालीलाई बलियो बनाएको हुनु पर्दछ । आन्तरिक नियन्त्रणका लागि लेखा समितिको प्रभावकारी भूमिका आवश्यक छ भने बाह्य परीक्षणका लागि योग्य र निर्भिक लेखापरीक्षकको नियुक्ति अपरिहार्य हुन्छ । ऋण मात्र दिने काम नै लघुवित्त अभियानको कामजोर पक्ष हो भन्ने कुरा बुझ्न आवश्यक छ । सदस्यहरुको आर्थिक जीवनस्तर उकास्न सकेसम्म कम व्याजदरमा कर्जा उपलब्ध हुने र स्वरोजगारमूलक व्यवसाय गरी कर्जाको साँवा व्याज चुक्ता गरी केही बचत गर्ने अभ्यास गराइएन भने सदस्यहरुको आर्थिक अवस्थामा दीगो सुधारको सम्भावना कमजोर बन्दछ । 

उद्यमशिलता, लघुवित्त र सहकारी सम्बन्धिका क्रियाकलापहरु सञ्चालन गर्दा पूँजीको आवश्यकता भएको खण्डमा आफ्नो गाउँघर वरपर के कस्ता वित्तीय संस्थाहरु छन् सोको समेत विश्लेषण गरी आफूलाई अनुकूल हुने वित्तीय संस्थामा कारोवार गरी अघि बढेको खण्डमा अवश्य पनि आफ्नो निर्णयप्रति सन्तुष्ट हुन सकिन्छ ।

Read more ...

नेपालमा यसरी सुरु भयो ‘लघुवित्त कार्यक्रम’

नेपालमा लघुवित्त कार्यक्रमले गरीबी घटाउन निकै ठूलो मद्दत गरिरहेको छ । मुलुकका दूरदराजका क्षेत्रमा लघुवित्त कार्यक्रम असर सन् २००३ देखि यता नै हेर्ने हो भने निकै प्रभावकारी रहेको निश्कर्षमा पुग्न सकिन्छ । नेपालमा सन् २००३ मा ३१ प्रतिशत जनसंख्या गरबीको रेखामुनि थियो । त्यसयता थप विस्तार भईरहेको लघुवित्त कार्यक्रमको मुख्य प्रभावले सन् २०१६ मा आइपुग्दा गरीबीको रेखामुनि रहेको जनसंख्या झण्डै १० प्रतिशतले घटेको छ । 
यसरी नेपालबाट गरीबी कम गर्न सकिने खालको कार्यक्रम कसले सुरु गर्यो होला ? सबैलाई जिज्ञासा हुन सक्छ । नेपालमा विधिवत् रुपमा लघुवित्त कार्यक्रम सुरु गर्ने व्यक्ति नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर डा. हरिहर देव पन्त थिए । लघुवित्तका पिता मानिने डा. पन्त स्वर्गीय भईसकेका छन् ।
गरिबीको संख्या नेपाल राष्ट्र बैंकका तत्कालीन वरिष्ठ अधिकृत डा. पन्त वि.सं. २०४३ सालमा बंगलादेशको ग्रामीण बैंकको अवलोकन भ्रमणमा जाँदा त्यहाँ उनले मोहम्मद युनुसद्धारा प्रतिपादन गरी संचालन गरिएको ग्रमीण बैंक वित्तीय प्रणाली कार्यक्रमको अवलोकन गरे ।
त्यो देखेर उनले नेपालमा पनि गरीब विपन्न परिवारहरु भएकाले त्यस्तै खालको कार्यक्रम संचालन गर्न सकिने निचोड निकाले । सोही भ्रमणका कारण नेपालमा पनि लघुवित्त कार्यक्रम संचालन गर्नुपर्ने विषयमा उनको ध्यानाकर्षण भयो । त्यसैले उनले वि.सं. २०४७ साल चैत्र १७ गते ‘निर्धन’ नामक गैर सरकारी संस्थाको समाज कल्याण परिषद्मा दर्ता गराए । त्यसै समयमा निर्धन संस्थाले रुपन्देही जिल्लाको सिक्टहन गाविसको बिर्ता भन्ने गाउँमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी पहिलो शाखा कार्यालय खोली वि.सं. २०४९ साल चैत्र १ गते रुपन्देही जिल्लाका सिक्टहनमा बिना धितो सामुहिक जमानीमा प्रथम कर्जा वितरण गरी देश मै पहिलो लघुवित्त संस्था स्थापना भएको थियो । नेपालमा मातृ संस्था निर्धन खोली सर्वप्रथम लघुवित्त कार्यक्रमको सुरुवात गरेको हुँदा उनी नेपालमा लघुवित्तका पिताको रुपमा सुपरिचित छन् । 
Read more ...

नेपालमा लघुवित्त

जनमानसमा लघुवित्त भन्नेबित्तिकै सानोसानो वित्तीय सेवा बुझ्ने गरे पनि वास्तवमा सानो वित्तीय सेवा मात्रै नभई जसले गरिब तथा विपन्नलाई सानोसानो वित्तीय सेवा जस्तो बचत, ऋण, बिमा तथा रेमिट्यान्स सेवा प्रदान गरी उनीहरूको आर्थिक तथा सामाजिक स्तर माथि उठाउन सहयोग गर्छ अर्थात् गरिबले कसरी सहज सुलभ वित्तीय सेवा पाउँछन् भनेर गरिबलाई नै केन्द्रविन्दुमा राखेर बनाइएको पद्धतिलाई लघुवित्त मान्न सकिन्छ जसको उद्देश्य कम आम्दानी हुने, सम्पत्तिहीन, सीमान्त, शोषित तथा राज्यका विभिन्न सेवाबाट वञ्चित व्यक्ति लक्षित गरी उपयुक्त वस्तु तथा सेवा माध्यमबाट उनीहरूको आर्थिक तथा सामाजिक उत्थान गर्न सहयोग गर्ने हुनुपर्ने देखिन्छ

ठूला बैंक तथा वित्तीय संस्थाले उनीहरूको स्वभाविक पद्धतिबाट गरिब तथा विपन्नलाई सेवा गर्न नसकेका कारण वित्तीय पहुँचवाट सामाजिक आर्थिक उत्थानका लागि विकास भएको वित्तीय पद्धति नै लघुवित्त हो भन्न सकिन्छ

गरिबले गरिबीका कारण राज्यको नागरिक भए पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेवा नपाउँदा लघुवित्त पद्धतिको विकास भएको हो त्यसैले कुनै पनि वित्तीय सेवा लघुवित्त हुन आफ्ना वस्तु तथा सेवा गरिबलाई केन्द्रित गरी बनाउने गरिब तथा विपन्नलाई नै सेवा दिने खालको हुनुपर्छ

लघुवित्त संस्थाहरूले प्रदान गर्ने वित्तीय सेवा जस्तो ऋण, बचत, बिमा तथा रेमिट्यान्सको सेवा सानो आकारको हुनुपर्छ सेवाग्राहीले सानोभन्दा सानो पनि बचत तथा ऋण लिन पाउने हुनुपर्छ जति रकमले पनि बचत गर्न खाता खोल्न जति रकम पनि ऋण लिन पाउने हुनुपर्छ

लघुवित्तमा कर्जा प्रदान गर्दा बिनाधितो प्रदान गर्नुपर्छ भन्ने मान्यता गरिब तथा विपन्न वर्गहरू ऋण लिनका धितो नभएका कारण अन्य बैंक वित्तीय संस्थासम्म पहुँच पुग्न नसकेको देखिन्छ

गरिबलाई एकैपटक ऋण भुक्तानी गर्न लगाउँदा ऋणको भुक्तानी गर्न कठिन हुने भएकाले ऋणको भुक्तानी सानो सानो किस्तामा साता वा पाक्षिक वा मासिक रूपमा गर्नुपर्ने व्यवस्थाको मान्यता

गरिबहरू कम पढे लेखेका हुन्छन् उनीहरूले ठूलाठूला अंग्रेजीका फाराम भर्न सक्दैनन् फाराम भरे पनि केही सीमित व्यक्तिले मात्र भर्न सक्ने अवस्था हुन सक्छ अर्थात् लघुवित्त भन्नेबित्तिकै गरिबले बिनाझन्झट सहज शीघ्र सेवा लिन सक्ने गरी आवश्यक प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था हुनुपर्छ भन्ने मान्यता हो

कुनै पनि वित्तीय पद्धति लघुवित्त हुन गरिबलाई घर, दैलो वा उनीहरूको गाउँघरमा सेवा दिने व्यवस्था हुनुपर्छ तर, हाम्रो देशमा कतिपय संस्थाले आफूलाई लघुवित्त कार्यक्रम गर्ने भने पनि आफ्नो वित्तीय स्वार्थका लागि वित्तीय सेवा आफ्नै कार्यालयबाट दिने गरेको देखिन्छ समग्रमा यस्ता मूल्य मान्यतालाई लघुवित्त संस्थाहरूले आत्मसाथ गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ संस्थाहरूले यस्ता मूल्य मान्यताबमोजिम लघुवित्त कार्यक्रम सञ्चालन गरेको छन् वा छैन सोको नियमन निकायबाट नियमित नियमन हुने व्यवस्था गर्नुपर्ने देखिन्छ

यस्तो योगदान लघुवित्तले दिँदादिँदै पनि हाल आएर यो क्षेत्रमा सदस्य अधिक ऋण बढ्ने, लघुवित्तको मूल्य मान्यताबमोजिम सञ्चालन नभएको, अनुगमन तथा निरीक्षण प्रभावकारी नभएको, लगानीको लागि कोषको अभाव भएको, गरिबमा कार्यक्रम नपुगेको, लघुवित्त संस्थाहरूको कमजोर संस्थागत क्षमता भएको, सीमित दक्ष जनशक्तिमा काम गर्नुपरेको, प्रविधिको सीमित उपयोग तथा लघुवित्त क्षेत्रमा नयाँ सिर्जना सीमित रहेको, ऋणीको सीमित क्षमता भएको, लघुवित्तले के कतिलाई वास्तवमा सेवा पुर्याएको सोको राष्ट्रिय तथ्यांकको अभाव रहेको, लघुवित्तसम्बन्धी अनुसन्धानात्मक निकायको कमी रहेको, लघुवित्त संस्थाहरूबीच अस्वस्थ प्रतिस्पर्धा भएको, समयसमयमा राजनीतिक दूरदर्शीको कमी देखिएको जस्ता समस्या तथा चुनौती छन्


Read more ...
Designed By Basanta Subedi