ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Saturday, April 19, 2025

पहिचान नगुमाउनु होस


एकजना मान्छेले एकदिन एउटा कुखुराको भाले किनेर ल्याएछ। त्यो भालेलाई मार्न  कसरि मार्ने के बहाना बनाएर मार्ने त भनेर योजना बनायछ ।मालिक भाले समक्ष गएर  भनेछ त भोलिदेखि बिहानै बिहानै बास्ने छैनस बासिस भने म तलाई मारिदिनेछु। भालेले हुन्छ म बास्दिन हजुरले जे भन्नुहुन्छ त्यहि मान्छु ।अर्को दिन बिहान मालिकले ध्यान दि राखेको थियो बास्छ कि नाइ भनेर। भाले बासेन तर सधै जसो  पखेटा फट्फट मात्रै गरायो ।अर्को दिन मालिकले अर्को चेतावनी दियो भोलिदेखि पखेटा पनि फटपट गराउने छैनस नत्र मारिदिनेछु ।भाले हुन्छ मालिक गराउदिन भन्यो ।अर्को दिन बिहान बास्ने समयमा ईमान्दार पुर्वक फखेटा फटफटाएन तर तनक्क घाटि भने तन्कायो ।मालिक परिसान हुदै अर्को आदेश जारि गर्यो भोलि तैले घाटि पनि तन्काउने छैनस बुझिस? अर्को दिन भाले केहि नगरि पोथि जस्तै भएर चुपचाप बस्यो। मालिक लाई छट्पटी भयो । अबत भालेले गर्नै नसक्ने काम लगाउछु अनि काम बन्छ । मालिकले भन्छ भोलि तैले अन्डा दिनुपर्छ नभए मारिदिन्छु।अब भालेले आफ्नो मृत्यु निश्चिति सम्झ्यो र धेरै रुन लाग्यो । मालिकले सोध्यो के भयो ? मृत्युको डरले रुदै छस?भालेको जवाफ निकै सुन्दर र सार्थक थियो । भन्न लाग्यो होईन म यसकारण रुदैछु कि अन्डा दिन नसकेर मर्नुभन्दा सुरुमै एक पटक बासेरै मरेको भए हुनिरैछ बिहान बास्नु मेरो पहिचान र अस्तित्व हो मैले सबैकुरा त्यागेर मालिकको कुरा मान्दै गए ।जस्को नियत जसरि पनि मार्नेनै छ भने उस्को अगाडि समर्पण होईन संघर्ष गर्नुपर्दोरहेछ ।आफ्नो अस्तित्व सम्मान पहिचान जोगाउन संघर्ष गर्नुपर्दछ मृत्यु सास्वत छ बाचुन्जेल कसरि बाच्ने हामिले सोच्ने हो।
Read more ...
Designed By Basanta Subedi