⚖️ निःशुल्क कानुनी परामर्शको लागि आजै सम्पर्क गर्नुहोला ! 📞 फोन नं: +९७७-९८५११९३०२१ 💼 विभिन्न कानुनी मुद्दाहरूमा विश्वसनीय सेवा।

कानुनको अनभिज्ञता क्षम्य हुँदैन" (Ignorantia juris non excusat)

सन्दर्भ लेख हरु

समाज

Friday, March 8, 2019

नारी दिवसको सेरोफेरोमा


ओहो ! आजकल त के हो ? दाँया वाँया लाग्ने त निकै छन् नि ? (केटी साथीहरु लक्षित भनाई )

आजकल त विदाको दिन खुवै डेटिङमा नै वित्छ नि है? (मेरा लागि प्रश्न )


यस्ता प्रश्न र प्रसङ्गका प्रहार मैले धेरै पटक सहेको छु , शायद अव त वानि नै लागिसक्यो । म दिनहुँ मेरा धेरै साथिहरुलाई भेट्छु त्यसमा कति केटा साथी छन् त कति केटी साथीहरु ! मेरो नजरमा साथी साथी नै हो न केटा न केटी ! साथीमा पनि जात , वर्ण ,लिङ्गको उपस्थिती मलाई मन पर्दैन । म केटा साथीहरुसँग जति वोलौ जति कुरा गरौँ जति सँगै बसौँ त्यसमा कसैलाई नराम्रो हुदैन तर जव म मेरा केटी साथी सँग हुन्छु सवैका आँखा मै तिर हुन्छन् अपराधी लाई पक्रन खोजेको जस्तो ! यो किन हुन्छ ? के केटा मान्छे र केटी मान्छे राम्रो साथी बन्न हुदैन र ! आखिर त्यस्तो दोष के छ केटी मान्छेमा जसलाई साथी मात्र बनाउदा पनि गल्ती हुन्छ ?अर्को प्रसङ्ग , म र अर्को साथी एक साँझ लगनखेलबाट चापागाउ आउदै थियौँ , बस स्वभाविक रुपमा खचाखच थियो । सिटमा बसिरहेका थियौँ ,यत्तिकैमा दुईजना वहिनीहरु बसमा चढे र हाम्रो नजिकै उभिन आइपुगे । टिन एजमा हिड्दै गरेका ति वहिनी हरु पुरै नसामा थिए , एउटी भन्दै थिई ‘आज त्यो रेष्टुरेन्ट नजाउँ भन्दा तलाई भएन अब बुढी (सायद आमा) ले मार्छे’ अनि प्रत्युत्तरमा अर्की बोली ‘ट्राई इज वेस्ट ! लाइफमा सवै कुराको एक्सपेरियन्स लिनुपर्छ यार !’ उनिहरु निकै वर्वराउदै थिए वेला वेलामा हामी बसेको सिटतिर ढल्न आइपुग्थे हामी संहालिदिन्थ्यौँ । सिटमा बस भन्दा हामी सिटमा बस्दैनौ भन्दै थिए पछि कता उत्रिए खै सकुशल घर पुगे कि पुगेनन् । अघिपछी त्यो अवस्था केटाहरुले कतिपल्ट देखाएका थिए खाशै केही लाग्दैनथ्यो शायद उनिहरु केटी भएकाले नै त्यहाको माहौल नै अर्कै बनिदियो ।प्रसङ्ग निस्किरहन्छन् पुरुषका लागि ‘मर्दकी दशवटी’ अनि अली अगाडी बढ्न चाहने नारिका लागि एउटै शब्द काफि छ ‘पोथी वासेको’ । मैले सानैमा सुनेको पोथी वास्यो भने मतलव करायो भने तुरुन्त काटेर धुरी नगाउनु पर्छ रे ! तर आजसम्म आफ्नै आँखाले चै त्यो देखेको छैन । अब यहाँ अलि अग्रसर नारीको आवाज लाई पोथी वासेको सँग संयोजन किन गरियो त्यो गर्नेले नै जानुन् । यहाँ यतिसम्म हुन्छ आफ्नै सन्तान एउटा छोरा मान्छेले हप्तौँ बाहिर बस्दा त्यहाँ एउटै कुरा हुन्छ छोरा मान्छेले बाहिर फेर डुल्नु पर्छ घुम्नु पर्छ अनि उहि सन्तान छोरी साँझमा घर फर्किन ढिलो भयो भने बाउआमाको त कुरै छाडौँ त्यहि हप्तौ वाहिर विताउने दाजुको समेत हप्की सहनुपर्छ । आखिर हप्की खान मात्र पाउछन् ।नारी दिवसको सेरोफेरोमा मलाई केहि प्रसङ्ग कोट्याउन मन लागेको छ आखिर नारी दिवस कसका लागि ? गाँउमा हुनुभएका आमा दिदी बहिनी अनि भाउजु हरुलाई नारी दिवस आए पनि नआए पनि मनाए पनि नमनाए पनि के फरक पर्छ र ! शहरमा भएका आधुनिकता र स्वतन्त्रताको सक्दो उपयोग गर्ने यूवतिहरुलाई नारी दिवसले के फरक पार्छ र ! परिवारको हिंसा अत्याचार र पिडा लाई सहेर बसिरहेका नारीहरुलाई पनि नारी दिवसले के गर्न सकेको छ र ! अनि त्यही पिडाबाट बच्नका लागि शहरसम्म पुगेका र कामका खोजिमा भौतारिएका नारिहरुलाई पनि नारी जसलाई आफ्नो र परिवारको पेट पाल्ने अभिभारा नै ठुलो छ । अनि रत्नपार्कमा दिउसै ग्राहकको प्रतिक्षामा बसिरहेका ति नारीहरुलाई नारी दिवसले के दिएको छ जसको प्रत्येक पलपलमा मोलमोलाई भईरहेको हुन्छ के त्यो नारीको रहर हो र ! विवशता र गरिवीले घेरिएको जिवनमा अभावरुपि बादललाई हटाउन जति खोजेपनि नसकेपछि देह व्यापारमा लागेका ति नारीहरुको वेदना कसले सुनिदिएको छ र ?यसपालिको नारी दिवस पनि धुमधाम होला मनाउनेको आखाले हेर्दा मात्र ! नेताहरुबाट ठुला ठुला भषण पनि होलान् । मलाई झट्ट एउटा हस्यौली को याद आयो ः एकपटक एक जना ठुला नेताजी जनतासामु भाषण छाँट्दै थिए ‘आदरणिय जनसमुदाय , म युवाको कुरा बुझ्न सक्छु किनकी म एकदिन युवा थिएँ, म विद्यार्थीको कुरा बुझ्न सक्छु किनकी म एकदिन विद्यार्थी थिएँ , म किसानको कुरा बुझ्न सक्छु किनकी म एकदिन किसान थिएँ, म मजदुरको पिडा बुझ्न सक्छु किनकी म एकदिन मजदुर थिएँ , म महिलाको पिडा बुझ्न सक्छु किनकी म एकदिन महिला थिएँ !’ भिडबाट तालिको गड्गडाहट आयो । वस् नेताको काम भाषण गर्नु हो नारी दिवसको दिन पनि भाषण गर्छन् नारीलाई पुज्नुपर्छ नारीलाई सम्मान गर्नुपर्छ नारी महान हुन्छन् । अनि घरमा सरकारले दिएको खर्चमा राखिएकी सहयोगी केटिले पेटभरी पनि खान नपाएको अवस्था त्यहा हुने गर्छ । नारी दिवसले यहाँ कतिलाई नेता बनाएको छ कैयौँ एनजिओ हरुलाई डलर पचाउने सौभाग्य जुटाईदिएको छ वस् त्यती हो । नारी दिवस मनाउन घरबाट निस्कन लाग्दा एउटा नेतृ अर्की नारीलाई अर्डर गर्दै भन्छिन् मेरो साडिमा छिटो आईरन गरिदे म नारी दिवस मनाउन जानुपर्ने छ उनि जान्छिन् दिनभर सभा, गोष्ठि, सेमिनार, जुलुस कति कतिमा अनि वेलुका तिनै अर्की काम गर्न राखिएकी नारी माथी आफ्र्नो असली रुप देखाउछिन् । आखिर के हुन्छ नारी दिवसले यहाँ ! नारीहरु महान् हुन्छन् । एउटै नारी विभिन्न रोलमा बस्छिन् ( आमा, दिदी, वहिनी, भाउजु, श्रीमती, एउटा राम्रो साथी । यहां एउटा नारी र अर्को नारी विचनै भेदभाब भइरहेको छ । एउटा नारीले अर्को नारीमाथी थिचोमिचो गरीराखेको हुन्छ । किन बुझ्न सक्दैनन एक अर्कालाई नारी भएर ! ! मलाई लाग्छ नारीहरु मायाका खानी हुन् । एउटा आमाले आफ्नो सन्तानलाई कति माया गर्छन् अनि संसारमा अधिकांश नारी ढिलोचाडो आमा बन्छन् । अधिकांश आमा बन्न सक्छन् भने सवैले आमाको माया पनि गर्न जान्दछन् तसर्थ नारीलाई सम्मान गर्नुपर्छ । अब यस्तो नारी दिवस मनाऔं जहां सवै नारीहरुले खुशि बांड्न सकुन् । कुनै पनि नारी माथि भेदभाव नहेस् । पेट पाल्नको लागि कुनै पनि नारीले आफ्नो अस्मिता वेच्न नपरोस् । नारी खुशि भएमात्र संसार खुशि हुन्छ । नारीहरु खुशि होउन् । बस् यस्तै नारी दिवसको प्रतिक्षा र चाहनामा ...........



Designed By Basanta Subedi