ताजा सामाग्री

सन्दर्भ लेख हरु

समाज

Saturday, September 6, 2014

लघुवित्त : नेपालको सन्दर्भमा

लघुवित्त भनेको थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय सेवा हो। लघुवित्त सेवाको धारणा अनुसार न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच पुर्‍याउन सकियो भने यसले गरिबीबाट माथि उठ्न सहयोग पुर्‍याउँछ। लघुवित्त सेवाले सर्वसाधारणलाई गरिबीबाट माथि उठाउन सक्ने भए पनि यो आफैंमा गरिबी निवारणको साधन भने होइन। लघुवित्त अन्तर्गत निम्नलिखित वित्तीय सेवा समाविष्ट हुन्छन्ः लघु-कर्जा, लघु-सापटी, लघु-वीमा र लघु वचत। 

लघुवित्त भनेको गरिबहरूलाई कर्जा दिनु, वचत गरिदिनु र अन्य आधारभूत वित्त सेवा उपलब्ध गराउनु हो । लघुवित्त गरिबप्रति लक्षित हुन्छ। गरिबहरूले अनौपचारिक किसिमले वचत गर्दछन् र प्राय: गरी घरेलु जनवार, सुन, गरगहना तथा पैसासँग सजिलै साट्न सकिने वस्तुहरूमा लगानी गर्दछन्। यस्तो अनौपचारिक वचत सधैं लाभदायक नहुन सक्छ किनभने उनीहरूले लगानी गरेका वस्तुहरूलाई आवश्यकता पर्ने बित्तिकै तत्काल नगदमा परिवर्तन सकिने सम्भावना कम हुन्छ भने सुन, गरगहना आदिको बजार मूल्य घटबढ भइरहने, घरपालुवा जनवारहरूलाई रोग लाग्न सक्ने वा आगलागी वा प्राकृतिक प्रकोपका कारण त्यस्ता वस्तुहरू नासिएर जाने सम्भावना भएकाले नोक्सानी बेहोर्नु पर्ने हुन्छ।

नेपालका सन्दर्भमा लघुवित्त

सन् १९५०-१९६० को दशकदेखि सहकारी संस्थाहरूले र सन् १९७०-१९८० को दसकसम्म साधारण बैङ्कहरूले लघुवित्त सेवा प्रदान गर्दै आएका छन्। सन् १९८० मा गरिब तथा महिलाहरूलाई वित्तीय तथा बैङ्किङ सेवाबारे जानकारी दिएर सहयोग गर्ने उद्देश्यले कतिपय परीक्षण परियोजना र अभियानहरू लागु गरिए। तर केही गरिब समूह यसबाट लाभान्वित भए पनि अन्तत: यी सेवाहरू प्रभावकारी हुन सकेनन्।

सन् १९९० को दशकभरि र २००० को दशकका पूर्वार्द्धमा गरिब तथा महिलाप्रति लक्षित वित्तीय सेवा सुदृढ गर्नका लागि सरकारले पाँचवटै विकास क्षेत्रमा गरिब तथा महिलाहरूलाई लघु-कर्जा सेवा उपलब्ध गराउने एक मात्र उद्देश्यले ग्रामीण ढाँचामा आधारित एक एकवटा क्षेत्रीय विकास बैङ्कको स्थापना गर्योल। अन्तत: यी क्षेत्रीय विकास बैङ्कहरूलाई निजीकरण गरेर 'घ' वर्गका वित्तीय संस्थाका रूपमा लाइसेन्स प्रदान गरी लघुवित्त विकास बैङ्कमा रूपान्तरित गरियो।

सन् २००० को दशकको पूर्वार्द्धपछि लगत्तै थुप्रै निजी लघुवित्त गैरसरकारी संस्थाहरू लघुवित्तसम्बन्धी कार्यक्रम लिएर अस्तित्वमा आए। ग्रामीण ढाँचा अन्तर्गत निर्धन उत्थान बैङ्क, Center for Self-help Development (CSD ) जस्ता गैर सरकारी संस्थाहरूले सफलतापूर्वक लघुवित्त कार्यक्रम लागु गरे र ती पछि गएर लघुवित्त विकास बैङ्कका रूपमा रूपान्तरित भए। त्यसैगरी अरु लघुवित्त विकास बैङ्कहरू, छिमेक विकास बैङ्क लिमिटेड (CBB), Deprosc Bikas Bank (DBB) र Nerude Microfinance Development Bank Ltd. (NMDB) को स्थापना गरियो।

सन् २००० को दशकको पूर्वार्धमै थोक कर्जा प्रवाह गर्ने संस्थाहरूको पनि स्थापना गरिएको थियो। सन् १९९१ मा नेपाल राष्ट्र बैङ्कले गैरसरकारी संस्था तथा सहकारीहरूलाई आर्थिक सहयोग गर्नका लागि Rural Self-Reliance Fund (RSRF) को स्थापना गर्यो१। Rural Microfinance Development Center (RMDC) सरकारी-निजी साझेदारी कार्यक्रम अन्तर्गत सन् १९९८ मा स्थापना भएको एउटा त्यस्तै थोक लगानी गर्ने संस्था हो। यसमा नेपाल राष्ट्र बैङ्कको २६% सेयर रहेको छ भने बाँकी सेयर विभिन्न १३ वटा वाणिज्य बैङ्कहरूको रहेको छ। साना किसान सहकारी लिमिटेड लगानी गर्ने उद्देश्यले सन् २००१ मा साना किसान विकास बैङ्क लिमिटेडको स्थापना भएको हो। त्यसैगरी देशभरिका सहकारी संस्थाहरूलाई सहयोग गर्ने र आर्थिक लगानी गर्ने उद्देश्यले सन् २००३ मा National Cooperative Development Bank (NCDB) को स्थापना गरिएको थियो।देशको केन्द्रीय बैङ्कका रूपमा रहेको नेपाल राष्ट्र बैङ्कले लघुवित्त विकास बैङ्कहरू र Financial Intermediary NGOs (FINGOs) लाई नियन्त्रित गर्दछ भने साना किसान सहकारी लिमिटेड तथा वचत तथा ऋण सहकारी संस्थाहरू सहकारी ऐनद्वारा निर्देशित हुन्छन्।

देशका सबै खाले लघुवित्त सेवा प्रदायकहरूले MFDBs, FINGOs, SFCL, and SACCOs द्वारा नियन्त्रित Microfinance Institutions (MFIs) का रूपमा कार्य गर्दछन्।

निर्धन उत्थान बैङ्क लिमिटेड, छिमेक विकास बैङ्क लिमिटेड र स्वावलम्बन विकास बैङ्क देशकै प्रमुख तीनवटा लघुवित्त संस्थाहरू हुन्।

लघुवित्त संस्थाहरूले प्राप्त गर्ने कुल कर्जामध्ये क्षेत्रीय सरकारी विकास बैङ्कहरूले एक चौथाइ रकम उपलब्ध गराउँछन्। लघुवित्त विकास बैङ्कहरूले लगभग ५०% ऋणीहरूलाई कर्जा उपलब्ध गराउँछन् भने बाँकी ऋणीहरूले वित्तीय गैरसरकारी संस्था तथा सहकारी संस्थाहरूबाट कर्जा प्राप्त गर्दछन्।

२०७१ भदौ २१, शनिवार

Designed By Basanta Subedi